महिला स्क्वाट प्रतिस्पर्धा हुने

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा चौथो अन्तरक्लब महिला स्क्वाट प्रतिस्पर्धा हुने भएको छ ।

अघिल्ला वर्षमा भन्दा यसपालिको कार्यक्रमलाई अझ भब्य रुप हुनेछ । प्रतिस्पर्धाहरू राजधानीभित्र हुनेछन् ।

प्रतिस्पर्धाबाट महिलाहरूको स्वास्थ्य, तन्दरुस्ता र अधिकारको विषयमा जनचेतना फैलाउनु र शारीरिक व्यायाम भनेको पुरुषलाई जतिको आवश्यक छ, उतिनै महिलाहरुलाई पनि अपरिहार्य छ भन्ने कुराको सन्देश दिनु हो ।

कार्यक्रमको आयोजना दुई दिन लगाएर गरिनेछ । पहिलो चरणको कार्यक्रम ज्यासमिन फिटनेस सेन्टर, त्रिपुरेश्वरमा हुनेछ । दोश्रो चरणको कार्यक्रम पूल्चोकस्थित लबिम मलमा हुनेछ ।

विजय खेलाडीहरुलाई दुई अलग अलग विधामा पहिलो, दोश्रो र तेश्रो गरेर ६ वटा धन राशीको पुरस्कार निम्न हिसावले व्यवस्था गरिएको छ ।

पहिलो पुरस्कार रु ५० हजार, दोश्रो पुरस्कार रु ३० हजार तथा तेश्रो पुरस्कार रु २० हजार रहेको छ ।

Published : Sunday, 2019 March 3, 9:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया