प्रदेश नं. ५, ६ र ७ को बक्सि छनौट शुरू

काठमाडौं । आगामी आठौ राष्ट्रिय खेलकुदको छनौटका क्रममा प्रदेश नं. ५, ६ र ७ को बक्सिङ्ग खेलको छनौट आइतबारबाट शुरू भएको छ ।

आइतबारको उदघाटन खेलका क्रममा प्रदेश नं. ७ बाट पुरुष ५२ केजी तौल समुहमा कैलालीका सागर मल्लले डडेल्धुराका भुवन विष्टलाई अंकको आधारमा पराजित गरेका छन् । सोही तौल समुहमा ५ नं. प्रदेशबाट गुल्मीका दीपक घर्तीले बाँकेका सुनिल बडाईलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेका छन ।

पुरुष ५६ केजी तौल समुहमा रोल्पाका रामप्रसाद पुन मगरले रुपन्देहीका अमन श्रेष्ठलाई र दाङ्गका चन्द्रज्योति थापाले पुर्वी रुकुमका आकाश डाँगीलाई पराजित गरे ।

६० केजी तौलमा बाँकेका ईन्द्र सुनारले दाङ्गका गणेश थापामगरलाई र पाल्पाका थमन सिंह गाहाले गुल्मीका रबिन्द्र बुढालाई पराजित गर्दै सेमी फाईनलको यात्रा तय गरे । सोही तौल समूहमा पश्चिम रुकुमका निसम घर्तीमगरले सुशान्त मगरलाई पराजित गरे ।

पुरुष ६४ केजी तौल समुहमा बाँकेका विशाल रेग्मीले दाङ्गका अनिल कुमार पुनलाई पराजित गरे भने सोही तौल समूहमा रोल्पाका सुनिल घर्ती मागरले रुपन्देहीका यादव थापालाई पराजित गरे ।

तीन वटा प्रदेशका १०४ जना महिला तथा पुरुष खेलाडीहरूबीच हुने छनौटको उदघाटन प्रदेश ७ का उद्योग बन तथा पर्यटन राज्यमन्त्री प्रकाश रावलले उदघाटन गरेका थिए ।

कार्यक्रम उदघाटनका क्रममा खेलाडीका हकहितका पक्षमा अघि बढनका लागि सुदूरपश्चिम क्षेत्र हमेशा तयार रहेको जानकारी गराए ।

क्रममा खेलाडीको पक्षमा ऐन संशोधन हुनु जरुरी रहेको जानकारी गराउँदै राखेप का पूर्वसदस्य एवं भीमदत्त नगरपालिका ६ का वडाध्यक्ष हर्कसिंह धामीले राज्यले खेलाडीको रोजगार र हकहितलाई ध्यान दिँदै खेलकुद खेलाडीको जीवन जिउने आधार तयार गर्नुपर्ने कुरामा जोड दिए ।

बक्सिङ खेलाडी छनोट

आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ बाट बक्सिङ खेलाडी छनोट भएका छन् । १० पुरुष र ५ महिला गरी १५ खेलाडी छनोट भएको आयोजक प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् ।

पुरुष ४९ केजीमा काठमाडौंका मदनकृष्ण डंगोल, ५२ केजीमा ललितपुरका बुद्ध गेम्जो लामा, ५६ केजीमा भक्तपुरका सुजन पौडेल, ६० केजीमा काठमाडौंका सनिल शाही, ६४ केजीमा भक्तपुरका विजय बाटा, ६९ केजीमा काठमाडौंका मनीष डंगोल, ७५ केजीमा चितवनका दिवसलाल भूमि, ८१ केजीमा ललितपुरका रविन्द्र घिमिरे, ९१ केजीमा ललितपुरका विजय राजभण्डारी र ९१ केजीमाथि काठमाडौंका सनी जुवा रहेका छन् ।

महिला ४८ केजीमा सुष्मा तामाङ, ५१ केजीमा रोशनी राई, ५४ केजीमा शिवानी श्रेष्ठ, ५७ केजीमा कुसुम तामाङ र ६४ केजीमा अम्बिका विक छन् । पाँचै काठमाडौंका हुन् ।

आठौं राष्ट्रिय खेलकुदमा प्रदेश २ बाट सहभागी हुने पुरुष÷महिला भलिबल टोलीको चयन गरिएको छ ।

पुरुषमा धनुषाका रोशनकुमार यादव, विनयकुमार यादव, कृष्ण यादव, रोहितकुमार यादव, करण मण्डल र कृष्णकुमार यादव, महोत्तरीका धर्मेन्द्रकुमार यादव र राकेशकुमार सिंह, सिरहाका शिवपूजन चौधरी र सुरजकुमार चौधरी तथा सर्लाहीका रामनिवास चौधरी छनोट भए । पुरुषमा धनुषाले स्वर्ण, सिरहाले रजत र महोत्तरीले कांस्य जिते ।

महिलामा सर्लाहीका प्रजुणा थापा, दिपा लामा र अन्जु लामा, महोत्तरीका कञ्चन लामिछाने, चञ्चला साह, पूजा लामा, नलिना धुमचिङ, प्रमिला माझी र विदिश कठारी, सप्तरीकी माधुरी कर्ण, रौतहटकी सरिता धिताल तथा पर्साकी पिंकी कुमारी टोलीमा अटाए । महिलामा महोत्तरी पहिलो, सर्लाही दोश्रो र रौतहट तेश्रो भए ।

Published : Sunday, 2019 March 3, 9:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया