आर्मीका कृष्णलाई म्याराथनको उपाधि, नगद र मोटरसाइकल पुरस्कार

काठमाडौं । नेपाल आर्मीका कृष्ण बस्नेतले प्रधान सेनापति चौथो खुल्ला म्याराथन प्रतियोगिताको उपाधि जितेका छन् ।

उनले २ घण्टा २० मिनेट ५१ सेकेण्डमा निर्धारित दुरी पार गदै यस अघि आर्मीका धावक पूर्ण तामाङले बनाएको २ घन्टा २२ मिनेट १९ सेकेन्डको कीर्तिमानलाई तोड्दै आर्मीभित्र नयाँ रेकर्ड बनाएका हुन ।

कृष्णले उपाधिसँगै गोल्छा अर्गनाईजेसनबाट उपलब्धि गराएको पल्सर मोटर साईकल र नेपाल सेन्चुरी कमर्सियल बैंकबाट प्रायोजन गरेको १ लाख २५ हजार नगद पनि प्राप्त गरेका छन् ।

आर्मीको केन्द्रिय कार्यलयस्थित खेल मैदानबाट त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, सूर्यबिनायक, जगतेबाट पुरानो ठिमी, पेप्सिकोला, जडिबुटी, कोटेश्वर, गौशाला, चाबेल, महाराजगन्ज, बालुवाटर, नगपोखरी, दरवारमार्ग, भद्रकाली, शहीदगेट हुँदै खेलमैदानमा एक चक्कर लगाउँदा निधारित ४२.१९५ किलो मिटर दूरी पूरा हुने रुट निर्धारित गरिएको थियो ।

उक्त दूरी आर्मीका राजन खत्रीले २ घण्टा २८ मिनेटमा पुरा गर्दै दोश्रो स्थान हात पार्दा आर्मीकै नवराज साउँदले तेश्रो हुन २ घण्टा २९ मिनेट ५९ सेकेन्ड समय खर्च गरेका थिए । दोश्रो भएका राजनले ६५ हजार र तेश्रो भएका नवराजले ३५ हजार नगद प्राप्त गरे । पुरुष हाफ म्याराथनको उपाधि आर्मीका कल्याणा बानियाँले जिते ।

त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, गौशाला, चाबेल, महाराजगन्ज, बालुवाटर, नगपोखरी, दरवारमार्ग, भद्रकाली, शहीदगेट हुँदै खेलमैदानमा एक चक्कर लगाई निधारित २१ किलो मिटरको दुरी पार गर्न कल्याणले १ घण्टा ६ मिनेट ३१ सेकेण्ड लगाएका थिए ।

आर्मीकै गजेन्द्र राईले १ घण्टा ६ मिनेट ३८ सेकेण्ड तथा टीका कटुवालले १ घण्टा ७ मिनेट २३ सेकेण्ड समय खर्चेर क्रमशः दोश्रो र तेश्रो भए ।

महिला २१ किमी हाफ म्याराथनको उपाधि आर्मीका विश्वरुपा बुढाले जितिन् । बुढाले १ घण्टा १७ मिनेट २० सेकेन्टमा उक्त दुरी पार गर्दै उपाधि जितेकी हुन ।

एपीएफकी बिन्द्रा देशारले १ घण्टा २६ मिनेट १२ सेकेन्डको समय खर्चिदै दोश्रो स्थान हात पारिन् । आर्मीकी चन्द्रा रावलले तेश्रो स्थान हात पार्दा १ घण्टा २६ मिनेट ३२ सेकेन्डको समय खर्च गरेकी थिइन् ।

पुरुष तथा महिला हाफ म्याराथन बिजेताले क्रमशः ५० हजार,३५ हजार र २५ हजार नगद प्राप्त गरे । पुरुष ४५ वर्षमाथीको भेट्रन २१ किमी हाफ म्याराथनको उपाधि धर्म महर्जनले जिते ।

उनले पहिलो स्थानका लागि १ घण्टा ११ मिनेट १६ सेकेन्डको समय खर्चेका थिए । भीम गुरुङ र भीमसेन आलेले दोश्रो र तेश्रो स्थान हात पारे ।

प्रथम स्थान हात पारेका महर्जनले ४० हजार, दोश्रो स्थान जितेका गुरुङले २५ हजार र तेश्रो स्थानमा रहेका आलेले १५ हजार नगद प्राप्त गरे । छात्रा ५ किमी दौडको उपाधि मेगा नेश्नल कलेजकी काजल बिष्टले जितिन् ।

सोही समूहमा बिजेश्वरी स्कुलका कुसल्ला तामाङ र स्वेच्छा बलामी मगर दोश्रो र तेश्रो भए । छात्र ५ किमी दौडको उपाधि सैनिक महाबिद्यालय भक्तपुरका ईश्वरचन्द्र बस्नेत पहिलो, भुपराज पुरी दोश्रो र बिकाश तामाङ तेश्रो भए ।

दुवै समूहका बिजेताले १० हजार, उपबिजेताले ७ हजार र तेश्रोले ५ हजार नगद पुरस्कारबाट पुरस्कृत भए । नेपाली सेनाका अधिकृतको अन्तरिक १० किमी दौडमा महिलातर्फ रजनी अधिकारी पहिलो, संजिता केसी दोश्रो र पबित्रा अधिकारी तेश्रो भए ।

पुरुषतर्फ विशाल चन्द्र बाजी, मधु थापा र नवराज थापा क्रमशः पहिलो दोश्रो र तेश्रो भए । सोही अवसरमा सेनाले आर्मीका तीन पूर्व अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गरेको थियो ।

सम्मानित हुनेमा एथलेटिक्सका राजेन्द्र भन्डारी, पारा एथलिटका बिक्रमबहादुर राना र सुटिङका टीकाराम श्रेष्ठ सम्मानित भए । बिजेता खेलाडीलाई प्रधान सेनापति पूर्णचन्द्र थापा, गोल्छा अर्गनाजेशनका शेखर गोल्छालगायतले पुरस्कृत गरेका थिए ।

Published : Saturday, 2019 March 2, 8:34 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया