कांग्रेस नेता खतिवडाको कार्यले अपाङ्ग खेलाडीहरू खुसीले गदगद

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद रामहरि खतिवडाले अपाङ्ग खेलाडीहरूले खेल्ने ह्वील चेयर बास्केट बल प्रतियोगितामा भाग लिन जान लागेका खेलाडीहरूको टिमलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

आफ्नो गृहजिल्ला ओखलढुंगा रहेको प्रदेश १ का अपाङ्ग खेलाडीहरूको बास्केट बल टिमलाई युवा नेता खतिवडाले दश हजार नगद प्रदान गरेका हुन् ।

प्रदेश १ को प्रतिनिधित्व गरेर ह्वील चेयर बास्केट बलका अपाङ्ग खेलाडीहरू प्रदेश ५ मा हुन लागेको प्रदेशस्तरीय अपाङ्ग मैत्री प्रतियोगितामा भाग लिन जान थालेका छन् ।

विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका कांग्रेसका युवा नेता खतिवडाले खेलाडीहरूलाई पदक जितेर ल्याउन शुभकामना समेत दिएका छन् ।

खेलाडीहरूलाई शुभकामना दिँदै कांग्रेसका युवा नेता एवम् पूर्वसांसद खतिवडाले बलियो सरकार पाएपनि खेलाडीहरूले धेरै खुसी मान्नुपर्ने अवस्था नरहेको बताए ।

‘दुई तिहाइको बलियो सरकार छ । काम केही गरेको छैन’, उनले भने, ‘सरकारले जनताका लागि कुनै पनि काम गर्न सक्दैन । हरेक क्षेत्रमा निरासा मात्रै छ । सरकार असफल भएको छ ।’

केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले १ वर्षको अबधिमा सपना मात्रै बाँडेको उनले बताए । पानीजहाज, रेल, घरघरमा ग्यासदेखि सगरमाथामा केबलकारसम्मको गफ सुन्न पाएको उनले बताए ।

अपाङ्ग खेलाडीहरूको हौसला बढाउँदै नेता खतिवडाले भने, ‘कोही पनि असक्षम हुँदैन । अपाङ्गले पनि विश्वलाई गर्व गर्न लायकका काम गरेका छन्’, उनले भने, ‘तपाईहरूले पनि खेलको माध्यमबाट आफ्नो क्षेत्र र देशको नाम राख्न सक्नु हुन्छ ।’

उनले भने, ‘राज्यले नै विशेष गरी अपाङ्गहरूलाई व्यवस्थापन गर्न सकेको छैन ।’ खतिवडाले संविधानले अपाङ्गहरूका लागि विशेष व्यवस्था गरेको पनि उल्लेख गरे ।

Published : Wednesday, 2019 February 27, 10:58 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया