हेभी वेटको फाइनलमा शान्त, बक्सिङ्गको नेशनल आरजे रिफ्रेसर तालिम सम्पन्न

काठमाडौं । शान्त कुमार गुरुङ्ग हेभी वेट ९१ केजी तौलमा मंगलवार फाईनलमा प्रवेश गरेका छन् । गण्डकी प्रदेशको छनोट खेलमा नवलपरासी जिल्लाका शान्त कुमार गुरुङ्गले बाग्लुङ्गका मुन्ना गुरुङ्गलाई स्पलिट डिसिजनको आधारमा पराजित गर्दै फाईनलमा स्थान बनाएका हुन ।

पोखरा रंगशालामा भईरहेको ३ नम्बर प्रदेश अन्र्तगत लाइट फ्लाई ४९ केजी तौलसमुहमा काठमाण्डौका मदन कृष्ण डंगोलले मकवानपुरका हिमाल सुनुवारलाई पराजित गरे भने सोही तौल समुहमा धादिङ्गका सुगत सिवाकोटीले सिन्धुलीका डेविड तामाङ्गलाई अंकको आधारमा पराजित गर्दै फाईनलमा भेट पक्का गरेका छन् ।

प्mलाई वैट ५२ केजी तौल समुहमा मकवानपुरका सुचित ध्वज कार्कीले भक्तपुरका प्रकाश कुमार विष्टलाई अंकको आधारमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।

सोही तौल समुहमा ललितपुरका बुद्ध गेल्मो लामाले रामेछापका सुभाग तामाङ्गलाई पराजित गर्दै मकवानपुरका सुचित ध्वजसंग फाईनलमा घम्साघम्सी गर्ने पक्का गरेका छन् ।

वैन्टम वैट ५६ केजी तौल समुहमा भक्तपुरका सुजन पौडेलले मकवानपुरका सफल घिमिरेलाई दोस्रो राउण्डमा आरएससि को आधारमा पराजित गर्दै फाईनलको यात्रा तय गरेका छन् ।

उक्त छनौट खेलका बाकि सेमी फाइनल तथा महिला तर्फका फाईनल खेलहरु भोली सञ्चालन हुने छन् ।

बक्सिङ्गको नेशनल आर जे रिफ्रेसर तालिम सम्पन्न

नेपाल बक्सिङ्ग संघको आयोजनामा देश भरिका ३९ जना बक्सिङ्गका रेफ्रि जजहरुलाई तीन दिने बक्सिङ्ग रेफ्रि रिफ्रेसर प्रशिक्षण तालिम पोखरामा सम्पन्न भएको छ ।

उक्त ऐतिहासिक रेफ्री जज रिफ्रेसर तालिमलाई आईबाका आई टि ओ एक्सपर्ट एवम् आईबा टेक्निकल एण्ड रुल्स कमिसशनका सदस्य भारतका थ्री स्टार रेफ्री जज किशेन नारसीले सञ्चालन गरेका थिए ।

सन १९५६ मा बक्सिङ्ग खेलाडीको रुपमा बक्सिङ्ग खेल शुरु गरेका नारसीले ६ वटा ओलम्पिक गेममा र आठवटा एशियन गेम्समा रेफ्री जजको भुमिका निर्वाह गर्दै १५ वर्ष देखि आईबा टेक्निकल एन्ड रुल्स कमिशनमा कार्य गरी सकेका छन् ।

विहान अध्यापन र बेलुकीको शत्रमा आठौ राष्ट्रिय खेलकुदको लागी प्रदेश नं. ३ र ४ को लागि प्रदेशस्तरीय छनौट खेलका क्रममा प्रयोगात्मक प्रशिक्षण दिइएको थियो ।

बिहान अध्यापन र बेलुकीको शत्रमा आठौ राष्ट्रिय खेलकुदको लागी प्रदेश नं. ३ र ४ को लागि प्रदेशस्तरीय छनौट खेलका क्रममा प्रयोगात्मक प्रशिक्षण दिइएको थियो ।

सहभागीहरुलाई उक्त प्रशिक्षणको प्रमाणपत्र प्रदान गर्दै नारसीले नेपाली आरजेहरुको प्रसंसा गर्दै नेपाली महिला बक्सिङ्ग खेलाडीहरु पनि अन्तर्राष्ट्रियस्तरमा पदक जित्न सफल भएको र नेपालमा बक्सिङ्ग खेलको विकासको राम्रो सम्भावना रहेको जानकारी गराए ।

प्रमाणपत्र हस्तान्तरण तथा समापन समारोहमा नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवालेले सबै रेफ्री जजहरूले राम्रोसंग मेहनेत गर्दै अगाडि बढन र नेपाली बक्सिङ्गलाई अझ उचाँइमा पुर्‍याउने महत्वपूर्ण भूमिका रेफ्रीहरुले निर्वाह गर्नु पर्ने जानकारी गराए ।

कार्यक्रका प्रमुख अतिथि राखेपका सदस्य एवम् नेपाल बक्सिङ्ग संघका वरिष्ठ उपाध्यक्ष अर्जुन केसीले अनुभवी प्रशिक्षकबाट तालिमप्राप्त गर्ने मौका नेपाली आरजेले पाएको र यस्ता प्रशिक्षणहरु समय समयमा आयोजना गर्नका लागि नेपाल बक्सिङ्ग निरन्तर कटिवद्ध रहने बताए ।

कार्यक्रममा बक्सिङ्गका प्रमुख प्रशिक्षक प्रकाश थापा मगर, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक एवम् बक्सिङ्गका पूर्व प्रमुख प्रशिक्षक विद्या मरासनी, कास्की जिल्ला बक्सिङ्ग संघका अध्यक्ष बुद्ध गुभाजु, नेपाल बक्सिङ्गसंघका सदस्य लक्ष्मण कार्की लगायतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2019 February 26, 6:59 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया