बिवेक र पुनम राष्ट्रिय प्रतियोगिताका लागि छनोट

बेनी । बागलुङ्गका बिवेक जिसी र कास्कीकी पुनम गुरुङ्ग आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट छनोट हुन सफल भएका छन् ।

म्याग्दी जिल्लाको बेनीमा सम्पन्न भएको गण्डकी प्रदेशस्तरिय ब्याडमिन्टन प्रतियोगितामा बिजयी हुँदै बिवेक र पुनम पाँच नम्बर प्रदेशमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि छनोट हुन सफल भएको बेनीबाट प्रतियोगिता रेफ्रि उदय अर्यालले जानकारी गराएका छन् ।

पश्चिमाञ्चलमा ब्याडमिन्टनमा कास्की जिल्लाको वर्चस्व रहेकोमा बाग्लुङ्गका बिवेक जिसीले पहिलो पटक पहिलो स्थान हात पार्न सफल भएको रेफ्रि अर्यालले बताए ।

आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशबाट ब्याडमिन्टनमा छनोट हुन सफल अन्य खेलाडीहरुमा पुरुष तर्फ कास्कीका विद्यान अधिकारी, भूगोल गुरुङ्ग र बिशाल खड्का, बागलुङ्गका राजिन खड्का, म्याग्दीका सुरेन्द्र हमाल र नवलपुरका केवल श्रेष्ठ रहेका छन् । यस्तै महिला तर्फ कास्कीकै याम कुमारी गुरुङ्ग, प्रजिता गुरुङ्ग र अन्तरा राना तथा बागलुङ्गकी सुनिता पौवी रहेका छन् ।

बिजयी खेलाडीहरुलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारीले मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा गण्डकी प्रदेश अन्तरगतका ११ जिल्लाका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिता रेफ्रि अर्यालले जानकारी गराए ।

Published : Monday, 2019 February 25, 5:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया