आठौं राष्ट्रिय गेमका लागि बक्सिङको छनोट

काठमाडौं । आठौ राष्ट्रिय खेलकुदको बक्सिङको प्रादेशिक छनोट सम्पन्न भएको छ । शनिवार भएको खेलबाट पहिलो स्थान हात पादै प्रतिमा श्रेष्ठ र सोममाया लिम्वु छनोट भएका छन् ।

महिला ४८ केजीको फाईनल खेलमा भोजपुरकी प्रतिमाले झापाकी रोसिना लावतीलाई पराजित गरिन । ६० केजीको फाईनल खेलमा झापाकी सोममायाले उदयपुरकी रन्जिता मगरलाई पराजित गरिन ।

त्यसैगरि पुरुष ५२ केजीमा सुलभ तुलाधर र ५६ केजीमा सुरेन्द्र राई पनि छनोट भएका छन् । पुरुष ५२ केजीमा सुलभले उदयपुरका नारायण भुजेललाई हराउददै स्वर्ण जिते । पुरुष ५६ केजीको फाईनलमा सुरेन्द्रले उदयपुरका स्वाधिक खालिङ राईलाई पराजित गदै स्वर्ण जितेका थिए ।

शुक्रवार भएको खेलबाट प्रथम स्थान हाँसिल गदै महिला ५१ केजीमा झापाकी अरुणा योगहाङ, ५४ केजीमा सुनसरीकी जोसिका श्रेष्ठ, ५७ केजीमा सुनसरीकी दिपा लिम्बु र ६४ केजीमा झापाकी त्रिसा लिम्बु छनोट भएका थिए ।

त्यस्तै पुरुष ४९ केजीमा इलामका दिनेश राई, पुरुष ६० केजीमा इलामका तोविन प्रधान,पुरुष ६४ केजीमा झापाका अभिनय राई, पुरुष ६९ केजीमा सुनसरीका राजेश गुरुङ, पुरुष ७५ केजीमा उदयपुरका अजित मगर, पुरुष ८१ केजीमा मोरङका आयुषकुमार केसी, पुरुष ९१ केजीमा झापाका इशाक जनक शाही र ९१ केजीमाथी झापाका दिनेश अधिकारी आ–आफ्नो तौल समूहमा प्रथम हुदै आठौंका लागि छनोटमा परेका थिए ।

Published : Saturday, 2019 February 23, 11:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया