आईटिएफ तेक्वान्दो र बक्सिङका खेलाडी छनोट

काठमाडौं । महिला ५४ केजीको फाईनल खेलमा सुनसरीकी जेसिका श्रेष्ठले उदयपुरकी देवका भुजेललाई हराउदै स्वर्ण जितिन् ।

महिला ५७ केजीको फाईनल खेलमा सुनसरीकी दिपा लिम्बुले तेह्थुमकी मनुसा तामाङलाई पराजित गदै स्वर्ण जितिन् । महिला ६४ केजीमा झापाका अरुणा लिम्वु र महिला ६४ केजीमा झापाकै त्रिसा लिम्बुले स्वर्ण जित्दै आठौका लागि छनोट भए ।

पुरुषतर्फको ४९ केजीमा इलामका दिनेश राईले स्वर्ण र उदयप्रका लक्ष्मण राईले रजत जिते । पुरुष ६० केजीमा इलामका तोविन प्रधानले स्वर्ण,उदयपुरका विजय राईले रजत जिते ।

पुरुष ६४ केजीमा झापाका अभिनय राईले स्वर्ण,सुनसरीका जेनिस तुलाधरले रजत जिते । पुरुष ६९ केजीमा सुनसरीका राजेश गुरुङले स्वर्ण, उदयपुरका प्रेमबहादुर खत्रील रजत जिते ।

पुरुष ७५ केजीमा सुनसरीका राजेश गुरुङले स्वर्ण, उदयपुरका प्रेमबहादुर खत्रीले रजत जिते । प्रथम हुने आठौंका लागि छनोटमा परेका छन् ।बक्सिङको छनोट शनिवार सम्पन्न हुनेछ ।

महिला क्रिकेटको खेलाडी छनोट

झापाबाट रुबिना क्षेत्री,काजल श्रेष्ठ,रोमा थापा,अप्सरी बेगम,संगिता राई,सबनम राई,निग्मा तामाङ,मिमिरा कार्की र निशा साह रहेका छन् । त्यस्तै मोरङबाट छनोट हुनेमा रश्मी शर्मा चौलागाई र अन्सु जैसवाल,इलामबाट संगम तामाङ,सृजना तामाङ र चिजा राई रहेका छन् । बैकल्पिकमा पुष्पा पुलामी मगर र मोतीका राई रहेका छन् ।

आईटिएफ तेक्वान्दोको छनोट सम्पन्न

आईटिएफ तेक्वान्दोको महिला ५० केजी मुनी भोजपुरकी निश्चल राई प्रथम,५५ केजी मुनी झापाकी सोफिया केरुङ प्रथम,६० केजी मुनी भोजपुर अनु बस्नेत प्रथम भएका छन् ।

६५ केजी मुनी झापाकी रेखा लिम्बु,७० केजी मुनी झापाकी मिकी गुरुङ र ७० केजीमाथी झापाकै एलिसा मगरले स्वर्ण जितेका छन् । ४५ केजी तौल समूहमा सुनसरीकी, सोनिया बस्नेतले स्वर्ण जितिन् ।

लेटाङ नगरपालिका स्थित जनसेवा खेल मैदानमा भएको पुरुष ५० केजी तौल समूहमा भोजपुरका विषेश राईले स्वर्ण,५५ केजी मुनी सुनसरीका अर्जुन चौधरीले स्वर्ण,६० केजी मुनी भोजपुरका विमानर्सिह गुरुङले स्वर्ण जित्न सफल भएका छन् ।

पुरुष ६५ केजी मुनी मोरङका ब्रिटिस गुरुङ,७० केजी मुनी भोजपुरका विलन राई,७५ केजी मुनी भोजपुरका सिदिप तामाङ,८० केजी मुनी भोजपुरकै निसान खत्री र ८० केजी माथी मोरङका बसन्त बुढाथोकीले स्वर्ण जित्दै आठौंका लागि छनोट भएका छन् ।

कराँते

आठौं राष्ट्रिय खेलकुद प्रदेश १ को कराँतेको सम्पुर्ण खेल सम्पन्न भएको छ । पुरुष कुमुतेको ५० केजी तौल समूहमा फाईनल खेलमा मोरङका महेश यादवले ओखलढुङका मिलन राईलाई हराउदै स्वर्ण जिते ।

पुरुष ५५ केजी तौल समूहमा मोरङका बिवेक थापाले स्वर्ण र झापाका मनिस उप्रतीले रजत जिते । पुरुष ६० केजीमा मोरङका किशोर कोईरालाले स्वर्ण र खोटाङका सन्तोष राईले रजत जितेका छन् ।

पुरुष ६७ केजीको फाईनल खेलमा मोरङका रोजन खड्काले धनकुटाका लोकेन्द्र राईलाई पराजित गदै स्वर्ण जितेका छन् । पुरुष ७५ केजीमा सुनसरीका रोसन धामी पहिलो र मोरङका सलवहादुर गुरुङ दोश्रो भए ।

पुरुष ८४ केजीमा धनकुटाका कर्णवहादुर लिम्वु पहिलो र झापाका सिद्धान्त उप्रती दोश्रो भएका छन् । पुरुष ८४ माथी मोरङका सागर राउत पहिलो र इलामका भेषराज राई दोश्रो भए ।

महिला ४५ केजीमा खोटाङकी डुनु राईले स्वर्ण,पाँचथरकी सोनिया जवेगुले रजत जितेकी छन् । महिला ५० केजीमा इलामकी प्रिती बस्नेत पहिलो र पाँचथरकी केनारी मेन्याङबो दोश्रो भएकी छन् ।

महिला ५५ केजीमा सुनसरीकी अस्मिता राई पहिलो र खोटाङकी बिद्याकला राई दोश्रो भईन् । महिला ६१ केजीमा ओखलढुङाकी बिनिता श्रेष्ठ पहिलो सुनसरीकी इन्द्रमाया तामाङ दोश्रो भईन् ।

महिला ६८ केजीमा खोटाङकी जस्मीना राई पहिलो र इलामकी समिक्षा लाप्चा दोश्रो भईन् । महिला ६८ माथीको उपाधि भिड्न्तमा खोटाङकी मिसडोना राईले सुनसरीकी रोजिना सुन्दासलाई हराउदै स्वर्ण जितिन् ।

पहिलो स्थान हासिल गर्ने सम्पुर्ण खेलाडी आठौंका लागि छनोट भएका छन् ।

Published : Friday, 2019 February 22, 9:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया