फुल कन्ट्याक्ट खेलाडी छानिए

काठमाडौं । आठौं राष्ट्रिय खेलकुदमा प्रदेश ७ बाट सहभागी हुने फुल कन्ट्याक्ट कराते खेलाडीको शुक्रबार टुंगो लागेको छ ।

प्रदेश ७ बाट ६ पुरुष र ४ महिला गरी १० खेलाडी प्रदेश ७ बाट राष्ट्रिय खेलकुदमा सहभागी हुने छन् ।

पुरुषतर्फ बझाङका चन्द्र अधिकारी ४५ केजी, प्रकाश सिंह ५० केजी र सुनील कुँवर ५५ केजी, दार्चुलाका रुपकसिंह धामी ६० केजी तथा कैलालीका ईश्वर सुवेदी ६५ केजी र दीपेन्द्र बटाला खुलातर्फ छनोट भए ।

महिला ४५ केजीमा गीता अधिकारी, ५० केजीमा अनु विष्ट, ५५ केजीमा गरिमा बोहरा र खुलामा मनीषा भट्ट छानिए । चारै बझाङका हुन् ।

आठौ राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश २ छनोट

ह्यान्डबल टोली छनोट

आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश २ को पुरुष ह्यान्डबल टोली चयन भएको छ । त्यसमा सबैभन्दा बढी ८ खेलाडी सिरहाबाट छनोट भएका छन् । महोत्तरीबाट ५ तथा धनुषाबाट १ खेलाडी परे ।

सिरहाका वमभोल चौधरी, रविन सिंह, परमानन्द सिंह, रोशन चौधरी, राहुल चौधरी, धीरेन चौधरी, सन्तोष चौधरी र देवकान्त चौधरी, महोत्तरीका अर्जुन चौधरी, रुजन चौधरी, चन्द्रविन्दु चौधरी, कमलेशकुमार यादव र सुरजनारायण महतो तथा धनुषाका पवन श्रेष्ठ छन् ।

उसु 

उसुको सान्सौंतर्फ ६ पुरुष र १ महिला खेलाडी छनोट भएका छन् । ५२ केजीमा रौतहटका जयनारायण साह कानू, ५६ केजीमा सप्तरीका विक्रम शाह, ६० केजीमा सर्लाहीका चन्दन सिंह, ६५ केजीमा रौतहटका अभिषेककुमार यादव, ७० केजीमा सर्लाहीका विक्रम जिम्बा र ७५ केजीमा सप्तरीका हरिशकुमार साह रहेका छन् । महिला ५२ केजीमा सप्तरीकी हेमकला राई छिन् ।

वृहस्पति र जेभियरको विजयी शुरुवात

आयोजक वृहस्पति विद्या सदन (बिभिएस) र जेभियर स्कुलले बिभिएस अन्तरकलेज बास्केटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

नक्सालस्थित आयोजककै कोर्टमा शुक्रबारबाट शुरु भएको प्रतियोगितामा पुरुषतर्फको खेलमा बृहस्पतिले क्याम्पियन कलेजमाथि ३१–३० को साँघुरो जित निकाल्दै विजयी शुरुवात गरेको हो ।

बृहस्पतिको साँघुरो जितमा सुचित कार्कीले १४ अंक जोडे । अर्काे खेलमा जेभियरले सिसिआरसीमाथि ४१–३७ को जित निकाल्यो ।

पुरुषतर्फको अर्काे खेलमा साइपालले मोर्गान कलेजमाथि ३५–२५ को जित निकाल्दा अर्काे खेलमा मोर्गानले साइपाललाई ६७–५० ले पराजित गर्‍यो ।

महिलातर्फ जेभियरले गोल्डेनगेटमाथि ३८–२९ को जित निकाल्यो । अर्काे खेलमा टाइम्सले इनसाइड भिजनमाथि ५२–३८ को सहज जित निकाल्यो ।

Published : Friday, 2019 February 22, 9:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया