आठौं राष्ट्रिय खेलकुदको प्रादेशिक छनोटमा मिकी र एलिसालाई स्वर्ण

काठमाडौं । मिकी गुरूङ र एलिसा मगरले आईटिएफ तेक्वान्दोको प्रदेश नम्वर १ को छनोट खेलमा स्वर्ण जित्दै आठौ राष्ट्रिय खेलकुदकालागी छनौट भएका छन् ।

झापाकी निक्कीले ७० देखी ७५ केजी तौलसम्ममा झापाकी निक्कीले सुनसरीकी प्रतिष्ठा कट्वाललाई तथा ७५ केजी माथी झापाकी एलिसाले सुनसरीकी दिबया खत्रीलाई हराउदै स्वर्ण जितेका हुन् ।

त्यसरी नै महिला ४० देखी ४५ केजी तौल समूहमा सुनसरीकी, सोनिया बस्नेतले भोजपुरकी दिक्षा लिम्बूलाई पराजित गर्दै स्वर्ण जितिन् । ६५ देखी ७० केजी तौल समूहमा झापाकी रेखा लिम्बूले मोरङकी प्रकृति कार्कीलाई हराउदखै स्वर्ण जितिन् ।

लेटाङ नगरपालिका स्थित जनसेवा खेल मैदानमा भएको पुरुष ४५ देखी ५० केजी तौल समूहमा भोजपुरका विषेश राईले मोरङका प्रथम कार्कीलाई हराउदै स्वर्ण जितेका छन् । प्रथम हुने सवैले प्रदेश १ बाट छनौटमा परेका छन्

कराँते

आठौं राष्ट्रिय खेलकुद प्रदेश १ को कराँतेको पुरुष कुमुतेको ५५ केजी तौल समूहमा मोरङका बिवेक थापा र झापाका मनिस उप्रती फाईनलमा प्रवेश गरेका छन् । पुरुष ६० केजीमा खोटाङका सन्तोष राई र मोरङका किशोर कोईरालाले फाईनल भिडन्त पक्का गरेका छन् ।

पुरुष ६७ केजीमा मोरङका रोदन खड्का र धनकुटाका लोकेन्द्र राई फाईनल प्रवेश गरेका छन् । त्यसै गरि महिला ५५ केजीमा खोटाङकी बिद्याकला राई र सुनसरीकी अभिात राई फाईनलमा प्रवेश गरेका छन् ।

महिला ६१ केजीमा सुनसरीकी इन्द्रमाया राई र संखसबाकी संगिता लिम्बु तथा महिला ६८ केजीमा खोटाङकी जस्मीना राई र इलामकी समिक्षा लाप्ताले उपाभि भिड्रन्त पक्का गरे ।

बक्सिङ

प्रदेश १ कौ छनौट खेल अन्तर्गत ४९ केजी तौलमा उदयपुरका लक्ष्मण राईले भोजपुरका विशाल राईलाई हराउँदै फाइनल पुगेका छन् । ५६ केजीमा प्रदिप खालिङ राईले खोटाङका अनुप थुलुङ राईलाई हराए । सोही समूहमा झापाका सुरेन्द्र राईले धनकुटाका रोजन श्रेष्ठलाई हराउदै फाइनल प्रवेश गरे ।

६० केजी समूहमा विजय राई र तोविन प्रधानले फाइनल भीडन्त पक्का गरेका छन् । उदयपुरका विजयले खोटाङका अभिषेक राईलाई इलामका तोविनले संखुवासभाका नविन गुरुङलाई सेमीफाइनलमा पराजित गरे । ६४ केजीमा सुनसरीका जेनिस तुलाधर फाइनल प्रवेश गरे ।

सोही समुहमा पाँचथरका जितबहादुर खवासले जित निकाल्दै फाइनलमा स्थान बनाए । ६९ केजी समुहमा उदयपुरका प्रेमबहादुर खत्रीले जित हात पारे । सोही समूहमा इलामका सुजन तामाङलाई हराउदै सुनसरीका राजेश गुरुङ फाइनल प्रवेश गरे ।

७५ केजी तौल समूहमा उदयपुरका अजित मगरले फाइनलमा स्थान बनाए । ७५ केजी तौल समूहमै इलामका राजु विकले आफनो स्थान सुरक्षित गरे ।

त्यसै गरी इलामका ओमराज गुरुङलाईु हराउदै झापाका प्रसिस रुचाल फाइनल प्रवेश गरे । सोही समूहमा मोरङका आयुश कुमार केसी फाइनल प्रवेश गरे । ९१ केजी तौल समूहमा सुनसरीका कपिल राईलाई हराउदै झापाका इसाक जनक शाही फाइनल प्रवेश गरे । सोही समूह अन्तर्गत नै मोरङका सुवास राजवंशीले फाइनलमा आफ्नो स्थान सुरक्षित गरे ।

प्रदेश १ को टेबल टेनिस छनोट पनि काकरभिटमा बिहिवार देखि शुरु भएको छ । प्रतियोगिताको उद्घाटन मेची नगर प्रमुख बिमल आचार्य र पूर्वाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिका अध्यक्ष रविन नगरकोटीले टेबल टेनिस खेल्दै उद्रघाटन गरे ।

१४ जिल्लाका खेलाडीले महिला एकल र पुरुष एकलका लागि प्रतिस्पर्धा गिर्ने छन् । प्रतियोगितामा सहभागि जनाउन भोजपुर जिल्लाबाट प्रतिनिधित्व गरेकी कक्षा ५ मा अध्यानरत खेलाडी सुलेखा ठाकुर ८ बर्षकी कान्छि खेलाडी हुन् ।

उनले यसै साल काठमाण्डौंमा संचालन भएको एन्टा कप नेश्नल जुनियर च्याम्पियनशिपमा यू–१० मा काँय जितेकी थिईन् ।

Published : Thursday, 2019 February 21, 6:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया