नेपालले जित्यो टी– २० सिरिज, देशभरि खुसियाली

काठमाडौं । नेपालले टी– २० सिरिज २–१ ले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी– २० सिरिज २–१ ले जितेको हो ।

वर्षाका कारण आइतबार १० ओभरमा छोट्याइएको तेस्रो तथा अन्तिम टी– २० मा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको थियो । यूएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।

यूएईलाई अन्तिम ओभरमा २० रन चाहिएको थियो । कप्तान पारस खड्काले ललित राजवंशीलाई बल दिए । पहिलो र दोस्रो बलमा विकेट लिएका उनले मात्र ५ रन दिँदै नेपाललाई पहिलो टी– २० सिरिज दिलाएका थिए ।

यूएईको सुरुवात भने निकै राम्रो थियो । सन्दीप लामिछानेको त्यो ओभरमा २० रन जोडेको थियो । पहिलो विकेटका लाम गुलाम शब्बर र अस्फाक अहमदले २९ रनको साझेदारी गरे । दोस्रो ओभरको अन्तिम बलमासोमपाल कामीले अस्फाकको विकेछ लिए ।

पाँचौं ओभरको चौथो बलमा गुलाम आउट भएपछि यूएई दबाबमा आयो । आठौं ओभरमा करण केसीले उत्कृष्ट बलिङ गर्दै चार रन खर्चेर दुई विकेट लिएपछि खेल नेपालको पक्षमा आएको थियो । यो ओभरमा करणले आक्रमक ब्याटिङ गरिरहेका साइमन अनवरलाई ३० रनमा आउट गरेका थिए ।

कप्तान मोहम्मद नाभिद पनि उनको शिकार भए । नेपालका करण, ललितसँगै अविनाश बोहोराले २–२ विकेट लिए भने सन्दीप र सोमपालले १–१ विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको सुरुवात भने राम्रो रहेन । पवन शरार्फलाई शुन्यमै गुमाएको नेपालले पहिलो ओभरमा रन जोड्न सकेन । ज्ञानेन्द्र मल्ल ११ र दीपेन्द्र सिंह ऐरी २ रनमा आउट भए । मात्र २१ रन जोड्दा तीन विकेट गुमाएको नेपालका लागि कप्तान पारस खड्का, सन्दीप जोरा र विनोद भण्डारीले विष्फोटक ब्याटिङ गरे ।

चौथो विकेटको लागि पारस र सन्दीपले ३३ रनको साझेदारी गरे । पारसले १४ बलमा २९ रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरे । अर्को विकेटका लागि विनोद र सन्दीपले ३७ रनको साझेदारी गर्दै नेपालको पारी उकासे । आक्रामक पारी खेलेका सन्दीपले ११ बलमा २८ रन बनाए ।

विनोदले १३ बलमा २१ रन बनाए । करण केसीले ५ बलमा १० रन बनाए । अन्तिम ओभरमा नेपालले करण र विनोदसँग सोमपालको विकेट गुमाएको थियो । १० रन जोडेको थियो ।

यूएईका लागि मोहम्मद नाभिद र अमिर हायतले समान २–२ विकेट लिए । टी– २० सिरिज खेल्नुअघि नेपालले यूएईसँग तीन म्याचको एकदिवसीय श्रृखला खेलेको थियो ।

Published : Sunday, 2019 February 3, 9:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया