करातेमा कम्युनिस्टहरूको प्रस्ताव कांग्रेसद्वारा अस्वीकार

काठमाडौं । कराते महासंघमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट र उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले नजर लगाएका छन् ।

विष्ट र तिमिल्सिनाले महासंघको नेतृत्व हत्याउने भित्रभित्रै योजना बनाएको खुलासा भएको छ । पावरमा रहेका उनीहरूले जसरी हुन्छ कराते महासंघको नेतृत्व हत्याएर हालिमुहाली गर्ने खेलमा लागेको खेलाडीहरूले बताएका छन् ।

हुन त नेपालमा दुई वटा कराते महासंघ छन् । कराते महासंघको आधिकारिक रुपमा दावा गुरुङ अध्यक्ष छन् । गुरुङलाई नेपाली कांग्रेस निकटको भएको भन्दै खेलकुद परिषदले ठूलो असहयोग गर्दै आएको छ । गुरुङलाई असफल बनाउन खेलकुद परिषदको नेतृत्व लागेको आरोप छ ।

परिदाका उपाध्यक्ष तिमिल्सिना र सदस्य सचिव विष्ट सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका हुन् । तर, उपाध्यक्ष मितिल्सिना र सदस्य सचिव विष्टका बीच तालमेल छैन । एकले अर्कालाई खुइल्याउन सधै सक्रियता देखााउने गरेका हुन्छन् ।

ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदले पुरेन्द्र लांखेलाई उचालेर विवाद सर्जना गरेको आरोप छ । लांखेले उचालेर विवाद गरेकै कारण सदस्य सचिव बिष्ट र उपाध्यक्ष तिमिल्सिना आफैले कराते महासंघको नेतृत्व (अध्यक्ष) हत्याउन लागेका हुन् ।

कराते महासंघका अध्यक्ष लांखे ओलम्पिक कमिटीबाट मान्यता प्राप्त अध्यक्ष हुन् । नेपालको खेलकुदमा कराते निकै बलियो मानिन्छन् । करातेले अन्तर्राष्ट्रिय पदकहरू धेरै भित्र्याउने खेलमा पर्छ ।

साग गेम, एसियायी गेममा पदक ल्याउने खेल भनेकै यहि कराते र ताईक्वान्डो हो । नेपालमा २०५६ सालमा भएको आठौं साफ गेममा करातेले १४ स्वर्ण ताईक्वन्डोले १४ पदक हासिल गरी इतिहाँस रच्न सफल भएका थिए । त्यस कारण पनि करातेमा सबैको नजर लाग्ने गरेको छ ।

नेपालमा भएको आठौं साफ गेममा कराते महासंघका वर्तमान अध्यक्ष दावा गुरुङ राष्ट्रिय टिम तयारी समितिका संयोजक र आठौं साफ गेमको सेफ द मिसन थिए ।

लांखे, विष्ट र तिमिल्सिनाका कारण अहिले कराते महासंघमा विवाद भएकै कारण करातेका खेलाडीहरूको मनोबल गिरेको बताउने गरिन्छ ।

५ वर्ष अगाडि कोरियामा सप्पन्न एसियन गेममा करातेको २ वटा टिम गएका थिए । एउटा नेपाल सरकारले पठाइएको थियो । अर्को ओलम्पिक कमिटीले पठाएको थियो । दुई अलग अलग टिम कोरिया जाँदा कहि नभएको जात्रा हाँडिगाउँमा भने जस्तो भएको भनेर टिकाटिप्पणी भएको थियो ।

परिषदका सदस्य सचिब बिष्ट र उपाध्यक्ष तिमिल्सिना सके आफै अध्यक्ष बन्ने आफू अध्यक्ष बन्न नसके आफू निकटका व्यक्तिलाई अध्यक्ष बनाएर कराते महासंघलाई भताभुङ्ग गर्ने योजनामा लागेको आरोप छ ।

देशभरिका करातेका कोच र खेलाडीहरूले कराते महासंघलाई पुनर्गठन नगर्न चेतावनी समेत दिइसकेका छन् । यदि कराते महासंघलाई पुनर्गठन गरियो भने देशभरि आन्दोलन गर्ने करातेका खेलाडीहरूको चेतावनी छ ।

खेलकुद परिषदका सदस्य सचिव बिष्ट, उपाध्यक्ष तिमिल्सिनाले खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनलाई करातेको अध्यक्ष बन्न पनि प्रस्ताव राखेको स्रोतले जनाएको छ ।

तर, महर्जनले विष्ट र तिमिल्सिनाको प्रस्तावलाई सिधै अस्वीकार गरिदिएका छन् । किन भने दावा गुरुङले महर्जनलाई कराते सिकाएका थिए । गुरुङलाई महजैनले आफ्नो गुरु मान्छन् ।

महर्जन करातेको हस्तीको रुपमा चिनिन्छन् । महर्जन करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी र अन्तर्राष्ट्रिय रेफ्री समेत हुन् । महर्जनलाई देशैभरिका प्रशिक्षक र खेलाडीहरूले मन पराउँछन् ।

नेपालमा कराते खेल्नेको संख्या लाखौँ छ । यो खेलको ७७ जिल्लामा सरकारी प्रशिक्षक छन् । भोलेन्टियर प्रशिक्षक हजारौं छन् । त्यसैले यो खेलमा सबै नेता र खेलकुद पदाधिकारीहरूको नजरमा पर्ने गरेको छ ।

कांग्रेसका नेताहरू खेलकुदलाई कहिले प्राथमिकमा राखेन । अहिले खेलकुद परिषदमा एकसय पचासभन्दा बढी राष्ट्रिय संघ छन् । देशभरका युवाहरू कुनै न कुनै खेलसंग आबद्ध नै हुन्छन् ।

कांग्रेसका नेताहरू खेलकुद मन्त्रालयलाई सधै बेवास्ता गरेको कांग्रेस निकटका खेलाडीहरूको आरोप छ । एकजना खेलाडीले भने, ‘कांग्रेसले खेल र खेलाडीलाई कहिल्यै चिनेन । सधै मालवाला मन्त्रालय मात्रै तोके ।’

खेलकुद परिषदको राष्ट्रिय संघहरूमा कम्युनिनस्टहरूको बाहुल्यता छ । ओलम्पिक कमिटीमा पनि कम्युनिस्टहरूकै बाहुल्यता छ । त्यस कारण कांग्रेस समर्थक कोच खेल पदाधिकारी र खेलकुद कर्मचारी आफ्नो पद जोगाउनकै लागि पनि बाध्य भएर कम्युनिस्ट पार्टीमा आबद्ध भएर बस्ने गरेका छन् ।

२०४८ साल कांग्रेसको बहुमतको सरकारमा बलबहादुर केसी खेलकुद मन्त्री थिए । उनैको पालामा १२ सय हाराहाराहारीमा कांग्रेस समर्थक कर्मचारीलाई स्थाई जागिर खुवाएका थिए ।

त्यसपछि कांग्रेसको ध्यान खेलकुदमा नपरेको कांग्रेस निकटका खेलाडीहरूको भनाइ छ । अहिले बलबहादुर केसीले जागिर दिएकाहरू पनि आफ्नो पद जोगाउन बाध्य भएर कम्युनिस्ट भएर बसेका छन् ।

Published : Thursday, 2019 January 17, 11:29 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया