गोदावरीमा प्रथम उपत्यकाव्यापी कराते च्याम्पियनशिप, मनमैजुलाई उपाधि

ललितपुर । ललितपुर जिल्लाको गोदावरी नगरपालिकामा ‘प्रथम उपत्यकाव्यापी गोदावरी नगरपालिका मेयर वदोकाई कराते च्याम्पियनशिप’ सम्पन्न भएको छ ।

गोदावरी नगरपालिकाको ठेचोस्थित सरस्वती उच्च माध्यामिक विद्यालयको प्राङ्गणमा शनिबार भएको प्रतियोगिताको मेयर गजेन्द्रमान महर्जनले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष एवम् अन्तर्राष्ट्रिय रेफ्री मीनकृष्ण महर्जन, कार्यक्रम संयोजक राजु महर्जन, चिफ कोच मोहन महर्जनलगायतको उपस्थिति रहेको थियो । विजेताहरूलाई मेयर महर्जनले मेडल र प्रमाणपत्रहरू प्रदान गरेका थिए ।

अखिल नेपाल वदोकाई कराते एसोसिएसन एण्ड आइडब्लुएफको आयोजनामा भएको प्रतियोगितामा मनमैजु डोजोले ११ गोल्ड र ३ सिल्भर पदकसहित शीर्षस्थान हासिल गरेको छ ।

सतुङगल डोजो ३ गोल्ड र ४ सिल्भरसहित दोस्रो तथा सोतोकन सलगुनले ३ गोल र २ सिल्भरसहित तेस्रो स्थान हात पारेका छन् ।

प्रतियोगितामा वेष्ट डिस्पिलिनको उपाधि त्रिलोक डोजाले जितेको छ । वेष्ट प्लेयर छात्रमा रिजन महर्जन र छात्रामा पुष्पका लामाले जितेका छन् ।

राईजिङ प्लेयरको उपाधि छात्रमा यामबहादुर समाल र छात्रातर्फ भूमिका राईले प्राप्त गरेकी छिन् ।

Published : Saturday, 2019 January 12, 8:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया