मीनकृष्ण महर्जनलाई सेनाको विभागीय टिमद्वारा धन्यावाद प्रदान

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष तथा अन्तर्राष्ट्रिय गोल्डमेडलिस्ट मीनकृष्ण महर्जनलाई वीर गणेशमान सिंह दोस्रो खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता सफलताका साथ सम्पन्न गरेको भन्दै नेपाली सेनाको विभागीय टिमका प्रशिक्षक र खेलाडीहरूले सम्मान गरेका छन ।

काठमाडौंमा शनिबार साँझ आयोजित विशेष कार्यक्रममा महर्जनलाई सम्मान गरिएको हो ।

सेनाको विभागीय टिमले दोस्रो खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा पाँच गोल्ड, चार रजत र दुई कास्य पदकसहित पहिलो स्थान हासिल गरेको थियो ।

पहिलो स्थानमा कब्जा जमाएको सेनाले नगद पचास हजार समेत प्राप्त गरेको थियो ।

नेपाली कांग्रेसका युवा नेता एवं महासमिति सदस्य समेत रहेका महर्जनको पहल र संयोजनमा ठूलो राष्ट्रिय प्रतियोगिता सम्पन्न गरेको भनेर बधाई दिइएको हो ।

विभागीय टिमका प्रशिक्षक र खेलाडीहरूले महर्जनको सम्मानमा केक समेत काटेका थिए । सेनाको विभागीय टिमका प्रशिक्षक र खेलाडीहरूले सफलताका साथ यति ठूलो धनराशिको खेल सम्पन्न गरेकोमा महर्जनलाई बधाई र धन्यावाद समेत दिएका थिए ।

कार्यक्रममा ललितपुर किक बक्सिङ संघका अध्यक्ष एवं पूर्वराष्ट्रिय च्याम्पियन विनोद महर्जनलाई पनि सम्मान तथा बधाई प्रदान गरिएको थियो । प्रतियोगिता सफल बनाउन अध्यक्ष महर्जनको पनि विशेष भूमिका रहेको थियो ।

मेडल जित्ने खेलाडीहरू सबैलाई नगद र मेडल प्रदान गरिएको थियो । गोल्ड मेडल जित्ने बीस हजार, रजत पदक जित्नेलाई १० र रजत पदक विजेता दुई–दुई जनालाई पाँच–पाँच हजार प्रदान गरिएको थियो । प्रतियोगितामा सशस्त्र प्रहरी दोस्रो र सोक्युसिन कराते तेस्रो भएका थिए ।

पुसको ५, ६ र ७ गतेसम्म गोदावरी नगरपालिकाको प्याङगाउँ मैदानमा प्रतियोगिता भएको थियो । प्रतियोगिताको उदघाटन नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार गरेका थिए ।

समापनमा मेडल र नगद पुरस्कार नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वितरण गरेका थिए ।

बीस लाखभन्दा धेरै खर्च भएको यो प्रतियोगितामा विजेता सबै खेलाडीहरूलाई नगद र मेडल पुरस्कार प्रदान गरिएको थियो ।

खेलाडीलाई किक बक्सिङ प्रतियोगितामा यति धेरै धनराशिको पुरस्कार प्रदान गरिएको यो नै पहिलो पटक हो ।

Published : Saturday, 2018 December 29, 8:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया