सर्वाधिक धनराशिको किक बक्सिङ प्रतियोगिता चापागाउँमा शुरु

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले कांग्रेसले जहिले पनि खेलाडीहरुलाई उत्साह र उर्जा थप्ने कुरामा पछाडि नहटेको बताएका छन् ।

ललितपुरको गोदावरी नगरपालिकाको चापागाउँमा बिहीबारदेखि शुरु भएको दोस्रो गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै उपसभापति गच्छदारले कांग्रेसले खेलाडीको उत्साह र योगदानको सधै कदर गर्ने बताए । उनले खेलाडीहरुको वृद्धि विकास र खेलका लागि कांग्रेसले सहयोग गर्ने प्रतिवद्धना जनाए ।

‘खेलाडी र खेलले राष्ट्रको प्रतिभाव बढाएको छ’, उनले भने, ‘नेपालको राजनीति जटिल अवस्थामा गज्रिदा पनि खेलाडीले देशको गौरव बढाइ रहे । राजनीतिक अस्थिरताका साथै देश हिंसाको चपेटामा हुँदा पनि खेलाडीले गौरब बढाइ रहे ।’

उनले संविधान सभाबाट प्राप्त अधिकारले सबै नागरिकलाई बराबरी हैसियतमा राखेको बताए । ‘संविधानसभाबाट विपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर राणा, गिरिजाप्रसाद कोइरालाको चाहनाअनुसार नै जनप्रतिनिधिहरुबाट संविधान बनेको छ । विपीको सपना ७० वर्षपछि पूरा हुन सक्यो’, उनले भने, ‘नेपाली जनताको बलिदानले गर्दा नेताहरुको सपना पूरा भएको छ । जनताको सपना पूरा भएको छ ।’

उनले कांग्रेसकै कारण नेपाली जनताले अधिकार पाएको बताए । उनले भने, ‘सबै जनता बराबरीमा छन् । कोही पनि सानो वा ठूलो भन्ने छैन । संविधानबाट सबै नेपालीले बराबरीको अधिकार पाएका छन् । यो अवस्थामा आइपुग्न हजारौ उतार चढाव पूरा गर्नुपरेको छ ।’

माओवादीको हिंसात्मक द्धन्द्धले मुलुकमा केही समय विकासको काममा प्रभावित भएको गच्छदारले बताए । ‘माओवादीको हिंसाले देशमा प्रतिकूल असर परेको थियो’, उनले भने, ‘यस्तो प्रतिकूल अवस्थामा किक बक्किसङ होस् वा सितेरियो कराते, क्रिकेट, फटबल लगायतका खेल र खेलाडी आफ्ले देशको गौरब बढाइ रहे ।’

चापागाउँको प्याङगाउँ बसपार्क नजिकै सर्वधिक धनराशिको किक बक्सिङ प्रतियोगिता बिहीबारबाट शुरु भएको छ । प्रतियोगितामा विभागीय टिमहरु नेपाली सेना, नेपाल प्रहरी र नेपाल सशस्त्र प्रहरी तथा विभिन्न क्लवहरुको सहभागिता रहेको प्रतियोगिता आयोजक समितिका संयोजक एवम् राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले जानकारी दिए । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

उद्घाटन कार्यक्रममा प्रशिक्षक, खेलाडी, आर्थिक र भौतिक सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा गायिका निशा देशारले गीत गाएकी थिइन् । कलाकारहरुले नृत्य पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस नेता मोहनबहादुर बस्नेत, शंकर भण्डारी, प्रदेश ३ का संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, पूर्वराज्यमन्त्री उदयशमशेर राणा, ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्य, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, गोदावरी नगरपालिकाका मेयर र उपमेयरसहितका नेताहरुको सहभागिता रहेको थियो ।

Published : Thursday, 2018 December 20, 6:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया