ओलम्पिक खेलबारे अन्सारी र डा.कुवारीबीच कुराकानी

काठमाडौं । नेपाल ओलम्पिक कमिटीका सदस्य एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य समिम अन्सारी र कतार ओलम्पिक कमिटीका उपाध्यक्ष डा.थानी अब्दुल रहमान अल कुवारीबीच भेटवार्ता भएको छ ।

अन्सारी र डा.कुवारीबीच कतारमा भएको भेटवार्तामा साउथ ओलम्पिक खेलको तयारीका साथै अन्य विविध सहयोगका विषयमा कुराकानी भएको हो ।

नेपालमा साउथ ओलम्पिक खेल गर्नेबारेमा समेत परामर्श भएको अन्सारीले जानकारी दिए । ‘नेपालको खेलको विकास र कतारले गर्ने सहयोगका विषयमा कुराकानी भएको छ’, अन्सारीले भने, ‘ओलम्पिक खेल नेपालमा गर्नेबारेमा परामर्श भएको छ ।’

Published : Thursday, 2018 December 20, 5:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया