राष्ट्रिय किक बक्सिङ प्रतियोगिताका लागि उपसमितिहरू गठन

काठमाडौं । ललितपुर जिल्लाको चापागाउँमा हुन लागेको दोस्रो वीर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिताका लागि धमाधम तयारी शुरु भएको छ ।

प्रतियोगिता सम्पन्न गर्न जिम्मेवारी बाँडफाँड समेत भएको छ । किक बक्सिङ संघ, ललितपुरले विभिन्न उपसमितिहरू समेत गठन गरेको छ ।

ललितपुरमा आइतबार बसेको संघको बैठकले उपसमितिहरू गठन गरेको प्रतियोगिता आयोजक मूल समितिका संयोजक मीनकृष्ण महर्जनले जानकारी दिए ।

‘प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न उपसमितिहरू बनेका छन्’, उनले भने, ‘जिम्मेवारी बाँडेर धमाधम कामहरू भैरहेका छन् ।’ प्रतियोगितालाई भव्य र सभ्य बनाइने महर्जनले बताए ।

प्रतियोगिताको संयोजक राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष एवम् करातेका अन्तर्राष्ट्रिय रेफ्री महर्जनलाई जिम्मेवारी दिइएको ललितपुर किक बक्सिङ संघले जनाएको छ । सह–संयोजकको जिम्मेवारी भने बुद्धिबहादुर श्रेष्ठलाई दिइएको छ ।

पुसको ५, ६ र ७ गते गोदावरी नगरपालिकाको चापागाउँस्थित प्याङ्गाउँको चौरमा राष्ट्रिय खुल्ला किक बक्सिङ प्रतियोगिता हुँदै छ ।

संघले आर्थिक उपसमितिको संयोजकमा संघका अध्यक्ष विनोद महर्जन र सह–संयोजकमा सुरज राजथलालाई चयन गरेको छ ।

समारोहको संयोजकमा दीपक श्रेष्ठ र सह–संयोजकमा सुरज श्रेष्ठ, विशालमान श्रेष्ठलाई चयन गरिएको छ । रेफ्री संयोजकमा राजेन्द्र कपाली र सह–संयोजकमा महेश रञ्जितलाई तोकिएको छ ।

प्रचार–प्रसार समितिको संयोजकमा राजु बस्नेत, सह–संयोजकमा केदारनाथ दाहाल र माधव घिमिरेलाई जिम्मेवारी दिइएको छ ।

सुरक्षा समितिको संयोजकमा बिक्रमबहादुर श्रेष्ठ, सह–संयोजकमा उमेश ढुंगेल र मोहन श्रेष्ठलाई चयन गरिएको छ ।

अतिथि सत्कार समितिको संयोजकमा दयाराम महर्जन, सह–संयोजकमा सुरेन्द्र कपाली, मनोज आचार्य रहेका छन् । भोजन व्यवस्थापन समितिमा अमर कायस्थ, सह–संयोजकमा द्वारिका श्रेष्ठ, राजेश बज्राचार्य चयन भएका छन् ।

अनुगमन समितिमा गंगाराम महर्जन, सह–संयोजकमा सागर श्रेष्ठलाई तोकिएको छ ।

प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् । पुरुस्कार वितरण नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले गर्ने विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2018 December 10, 4:58 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया