क्रिश्चियन धर्म प्रचारक संस्थाको कार्यक्रममा पुगे प्रधानमन्त्री

काठमाडौं । क्रिश्चियन धर्म प्रचारक संस्थाले आयोजना गरेको विवादास्पद एसिया प्यासिफिक सम्मेलनमा कम्युनिस्ट सरकारका प्रधानमन्त्री केपी ओली सहभागी भएका छन् ।

काठमाडौंको बौद्धस्थित होटेल ह्यातमा शनिबारदेखि सम्मेलन शुरु भएको छ । सम्मेलनको ओलीले उद्घाटन गरेका छन् ।

एसिया प्रशान्त क्षेत्रका राजनेता तथा प्रतिनिधिहरूको सहभागिता छ । युनिभर्सल पिस फेडरेसन (यूपीएफ)ले नेपालका सबै राजनीतिक दलका नेताहरू, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूलाई समेत कार्यक्रममा निम्तो दिएको छ ।

युनिभर्सल पिस फेडरेसनले बालबालिकालाई जम्मा गरेर तालिमका नाममा क्रिस्चियानिटीको सैद्धान्तिक र व्यवहारिक अभ्यास गराउने गर्दै आएको छ ।

Published : Saturday, 2018 December 1, 1:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया