विश्वप्रकाशको कार्यको देशभरि प्रशंसा, देवीको परिवारले दियो आशीर्वाद

झापा । नेपाली कांग्रेसका युवा नेता एवम् प्रवक्ता विश्वप्रकाश शर्माले विपन्न र हसाहय परिवारलाई सहयोग गरेका छन् ।

सुत्केरी अवस्थामा पति गुमाएकी झापा मेचीनगरकी देवी मेचेलाई घर निर्माणका लागि शर्माले जग्गा किनिदिएका छन् । शर्माको यो कार्यको देशैभरि प्रशंसा भएको छ ।

मेचीनगरपालिका १०, धुलाबारी बजारको घोडापट्टीमा डेरा गरेर बस्दै आएकी देवी मेचे ५ दिनको सुत्केरी हुँदा पतिको मृत्यु भएको थियो । देवी मेचे अपाङ छिन् । उनका दुई सन्तान छन् । देवीले १२ वर्ष अगाडि करेन्ट लागेर दाहिने हात गुमाएकी थिइन् ।

एक हातले काम गरेर जीवन चलाउँदै आएकी देवी मेचेको पहिलो सन्तान ४ वर्षको छ । वृद्ध अवस्थाकी सासुआमा पनि आँखा नदेख्ने अवस्थामा छिन् ।

कांग्रेस प्रवक्ता शर्माले शुक्रबार धुलाबारीमा पत्रकार सम्मेलन गरेर देवी मेचेको परिवारलाई सातधुर घडेरी किनिदिएको जानकारी दिए । शर्माका अनुसार मेचीनगरपालिका वडा नं. ९, कमलचोक पूर्वमा एक लाख मूल्यमा ७ धुर जग्गा खरिद गरिएको छ ।

शर्माले देवी मेचेलाई घर मात्र बनाएर नपुग्ने बताएका छन् । घरमा चाहिने सबै सामाग्री र बालबच्चाको शिक्षाको समेत व्यवस्था गर्न देवी मेचीको संरक्षणका लागि अभियान सञ्चालन गर्न समिति नै गठन गरी स्थानीयहरू सक्रिय भएका छन् ।

विजय डालमियाँले देवी मेचेको घरका लागि जग्गा प्राप्त भैसकेको भन्दै अब तत्काल घर बनाउन आफूहरूको समिति सक्रिय हुने बताए ।

Published : Saturday, 2018 December 1, 12:53 pm

1 प्रतिकृया प्राप्त “विश्वप्रकाशको कार्यको देशभरि प्रशंसा, देवीको परिवारले दियो आशीर्वाद”

  • सामाजिक कार्य र जनचेतना हुने कार्य गर्नेहरुको जतिनै गुनगान गाए पनि थोरै नै हुन्छ /

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया