तरुण दलद्वारा भिक्षा संकलन, पूर्वएमालेका मेयरबाट दिक्क

दमक । नेपाल तरुण दलका नेताहरूले झापा जिल्लामा दमकल खरिद गर्न भिक्षा संकलन गरेका छन् ।

शिवसताक्षी नगरपालिकालाई दमकल खरिद सहयोगार्थ शुक्रबार नेपाल तरुण दलले व्यंग्य स्वरूप भिक्षा संकलन गरेको हो । एमालेबाट विजयी मेयरले विलासीयुक्त गाडी खरिद गरेका छन् ।

नगरको धरमपुर, झिलझिले, दुधे, नहरचोक र व्याङडाँडामा पानीको खाली बोत्तल, आगलागी हुँदै गरेको घर, दमकलको तस्बिर प्लेकार्डमा राखेर भिक्षा संकलन गरिएको तरुणका नेता योगेश लिङ्देनले बताए ।

नगरका मेयर चन्द्रकुमार शेर्माले नगरपालिकासँग दमकल खरिद गर्ने आर्थिक सामथ्र्य नभएको प्रतिक्रिया सञ्चारमाध्यमलाई दिएपछि तरुणले प्रतिकात्मक रूपमा भिक्षा संकलन गरेको छ ।

शिवसताक्षी नगरपालिका–७ मा आगलागीबाट ४ जनाको ज्यान गएपछि नगरमा दमकल नभएको भन्दै सर्वसाधारणले मेयरको विरोध गर्दै आएका छन् ।

Published : Saturday, 2018 December 1, 12:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया