‘यो समाचार मदन भण्डारी समक्ष पुर्‍याई देउ !’

काठमाडौं । वाम राजनीतिक विश्लेषक भरत दाहालले क्रिश्चियन धर्म प्रचारक संस्थाले काठमाडौंमा आयोजना गरेको कार्यक्रम र केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले देखाएको सद्भावप्रति व्याङ्ग्य गरेका छन् ।

दाहालले कम्यनिस्टहरू क्रिश्चियन धर्मको प्रचार कार्यक्रममा सहभागी भएकोमा अपात्ति पनि जनाएका छन् । शनिबार बिहानै उनले फेसबुकमा स्ट्याटस लेखेर क्रिश्चियनका धर्मगुरुबाट आशीर्वाद लिन लागेकोमा केपी ओली र उनकी पत्नी राधिका शाक्यलाई बधाइ दिएका छन् ।

‘बल्खु दरबारमा अमेरिकी राजदूत जाँदा माक्र्स, एंगेल्स, लेनीन, स्तालीन र माओत्सेतुङका फोटाहरू झिकेर टेबुलमुनि लुकाउने कम्युनिष्ट नकाबधारी सैतानहरूलाई, ‘कम्युनिष्टहरू सैतान हुन्’ भन्ने मुन साम्राज्यको कृपाबाट आशीर्वचन’, दाहालले भनेका छन्, ‘डिएनए परीक्षणपछि जन्मदाताले चल्लाहरू जिम्मा लिएको छ । यो ‘हर्षाेल्लास’को समाचार त्रिशूलीमा पराजित मदन भण्डारी समक्ष पुर्‍याई देउ ।’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले क्रिश्चियन धर्म प्रचारक संस्थाको कार्यक्रमको अध्यक्षता समेत गरेका छन् । कार्यक्रमलाई कम्यनिस्ट सरकारले सहयोग र समर्थन दिएको छ ।

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष ओली आफै कार्यक्रममा सहभागी भएर उद्घाटान गरिदिएका छन् ।

Published : Saturday, 2018 December 1, 12:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया