कांग्रेसको विधान मस्यौदामाथि बहस शुरु, नेताहरूको तर्क आ–आफ्नै

काठमाडौं । नेपाली कांग्रेसले विधान संशोधन मस्यौदामाथि बहस र छलफल शुरु गरेको छ ।

ललितपुरको सानेपास्थिट पार्टी मुख्यालयमा बिहीबारदेखि शुरु भएको केनद्रीय कार्यसमितिमा विधान संशोधन मस्यौदामा छलफल शुरु भएको हो । नेताहरूले विधानको मस्यौदाले कांग्रेसलाई नयाँ शक्ति र जीवन दिने बताएका छन् ।

केही केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यसमितिमा पदाधिकारीको संख्या बढाउन माग गरेका छन् । केही सदस्यले भने अहिलेकै पदाधिकारी उपयुक्त हुने बताएका छन् ।

सभापति शेरबहादुर देउवा समूह पदाधिकारी थप्न हुँदैन भन्ने पक्षमा छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने पदाधिकारी थप गरेर अर्को महाधिवेशन आफ्नो पक्षमा बनाउने रणनीतिमा लागेको छ ।

मस्यौदामाथि पहिलो दिन केन्द्रीय सदस्यहरू डा.रामशरण महत, महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी र प्रदीप पौडेलले आ–आफ्नो धारणा राखेको विज्ञप्तिमा जनाइएको छ ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्नेछ ।

Published : Thursday, 2018 November 29, 6:50 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया