यस्तो हुन्छ कम्युनिस्टहरूको हर्कत, चाकढीको भोका

काठमाडौं । कम्युनिस्ट पार्टीका नेताहरू र शासकहरूलाई चाकढी र सम्मानको कति मन पर्छ भन्ने तथ्या यो तस्वीरले देखाएको छ ।

फूलको मालाले अनुहार नै ढाकिने गरेर छोपिएका यी व्यक्ति सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट हुन् । तत्कालीन माओवादी केन्द्रबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने भट्ट मुख्यमन्त्री छन् ।

एमालेसँग पार्टी एकीकरण र सत्ताको भाग बण्डा गर्ने बेला भट्टलाई मुख्यमन्त्री पद चिट्टा परेको आरोप छ । प्रदेशको राजधानी तोक्ने विषय होस् वा मन्त्रीलाई बर्खास्त गर्ने कुरा किन नहोस् उनी विवादमा आइरहेका छन् ।

कार्यसम्पादन गर्न नसकेको भनेर आफ्नै दलका नेता तथा कार्यकर्ताहरूले मुख्यमन्त्री भट्टको आलोचना गर्दै आएका छन् । तर, भट्ट भनेर फूलको माला र सम्मान खाँदैमा मुख्ख छन् ।

बेलाबेला विवादमा आइरहने मुख्यमन्त्री भट्टलाई आफ्नै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताहरूले अनुहार नै ढाकिने गरेर फूलको माला लगाइदिएपछि खुसीले गदगद भएका छन् ।

मुख्यमन्त्री भट्टले यति धेरै माला किन लगाइरहे भनेर धेरै प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा मुख्यमन्त्री भट्टको आलोचना भैरहेको छ । भट्टलाई पूर्वएमाले निकटकाहरूले धेरै आलोचना गरेका छन् ।

Published : Thursday, 2018 November 29, 10:50 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया