शेरधन राईले राष्ट्रपति कार्यालयमै मेरा सम्वेदनशील अंग समाए (भिडियो)

काठमाडौं । हाल प्रदेश १ का मुख्यमन्त्री समेत रहेका एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता शेरधन राईलाई आफ्नै पार्टीकी एक नेतृका सम्वेदनशील अंगमा समाएर (छोए) यौन हिंसा गरेको आरोप लगाएकी छिन् ।

मुख्यमन्त्री राईलाई उनकै पार्टीकी एकजना चर्चित नेतृले यौन हिंसाको आरोप लगाएकी हुन् । तत्कालीन एमालेको युवा संघ नेपालकी पूर्व केन्द्रीय सदस्य बालिका खड्काले राईलाई यौन हिंसाको आरोप लगाएकी छिन् । बालिका खड्काको आरोपले तरंग उत्पन्न भएको छ । शेरधन राईले बालिका खड्कालाई प्रहरी बोलाएर थुनाएको समेत रहस्य बाहिर आएको छ ।

‘नेपाल आज’ नामक युट्युब च्यानलसँगको अन्तर्वार्ताका क्रममा बालिका खड्काले मुख्यमन्त्री राईले आफूलाई यौन हिंसा गरेको बताइन् । उनी प्रधानमन्त्री खड्गप्रसाद ओलीको सचिवालयको अधिकृत भएर काम समेत गरेको बताएकी छिन् ।

बालिका खड्काले राईले आफूलाई गरेको यौन हिंसाबारे उजुरी दिएको बताएकी छिन् । उजुरी गर्दा आफूलाई प्रधानमन्त्री ओलीको सचिवालयबाट जागिरबाट हटाएको बालिका खड्काले बताएकी छिन् । त्यसपछि आफूलाई युवासंघको केन्द्रीय सदस्य पदबाटै हटाएको पनि उनले बताएकी छिन् ।

विद्यादेवी भण्डारीले राष्ट्रपति पदको दोस्रो पटक जिम्मेवारी लिँदै गर्दा शीतलनिवासमै मुख्यमन्त्री राईले आफ्ना सम्वेदनशील अंगमा छोएको उनले दाबी गरेकी छिन् । मुख्यमन्त्री राईले यसबारेमा केही प्रतिक्रिया दिएका छैनन् ।

‘राईले व्यवहारमा आफूलाई प्रेमिका वा श्रीमती जस्तो व्यवहार गरेको तर सम्बन्धबारे केही निष्कर्ष ननिकालेको या भनौं सम्बन्धलाई कुनै पनि नाम दिन सकेको छैन’, बालिका खड्काले भनेकी छिन् । राईले आफूलाई सांकेतिक मेसेज पठाउन थालेको उनले बताइन् ।

राईविरूद्ध निवेदन दिएपछि प्रधानमन्त्री ओलीले पनि एकहोरो आफूलाई मात्र गाली गरेको बालिका खड्काले बताएकी छिन् ।

न्यायको लागि झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतमलाई पनि भेटेर जानकारी गराएको उनले बताएकी छिन् । तर, पार्टीका शीर्ष नेताहरूले अध्यक्षले नै मिलाउने भनेर पन्छिएका थिए । शीर्ष नेताहरूले राई र बालिका खड्का दुबै घटना हुनुमा जिम्मेवार रहेको बताएको बालिकाले बताएकी छिन् ।

यसअघि प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई पनि महिला पत्रकारमाथि यौन हिंसा गरेको आरोप लागेको थियो । उनलाई मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद गरेको अभियोगमा बर्खास्त गरिसकिएको छ ।

केही दिन अगाडि सिङ्गापुर उपचार गर्न जाने भनेर हिँडेका मुख्यमन्त्री राई जर्मनी हुँदै अमेरिका पुगेका थिए । राईले अमेरिकामा आफन्तलाई प्रयोग गरेर पत्रकारलाई समेत कुटाएपछि विवाद भएको थियो ।

Published : Wednesday, 2018 November 28, 7:07 pm

10 प्रतिकृया प्राप्त “शेरधन राईले राष्ट्रपति कार्यालयमै मेरा सम्वेदनशील अंग समाए (भिडियो)”

  • तुरुन्त छानबीन गरि कानूनबमाेजिम कारवाही गर्नुपर्छ ।

  • Malai lagcha saed kehi sambandha thiyo hola tehi vaera himsa sahin balikale tara unlai bihe garcha ki vanera kuri rathin hola bihe ma kura namile pachi himsa nam dieko hola

  • अब यस्मा दुबै पक्ष काे कुरा मिडियामा यसैगरि अाउन अनि प्रतिकृय दिमला एक पक्षाय प्रतिकृय दिन भयन

  • This lady or Communist Party UML +Maoist didn’t understand the difference between violence against women and party discipline. The lady didn’t explain explicitly what he did, how long, what circumstances, what was the intention? Where did he touch? Which party of his body touched her? How long did he touch? Was it slow and smooth or all of sudden when no was around? Which place how did he touch? In President Residency, she said there were other leaders around, they witness but laughed or did nothing. What does it mean by this? Is it commonplace scene in party office or meeting or other activities? Okay, she and her party did not understand the difference between sexual harassment and party discipline. I just wonder why the police didn’t accept a complaint of women or girls for sexual harassment and start legal investigation from their end. If a lady of this level can’t speak up, how to impower women again violence? There is subtle difference intent to abuse or pleasure.

  • यो समाचार सत्य हो या गलत खोजीको बिषय हो। सार्बजनिक पद धारण गरेर बसेको ब्यक्तिलाई योनहिंसा या बलात्कार सम्मको आपराधिक आरोप लाग्दापनि प्रशासन या सरकार मुख दर्शक भएर बस्नु हास्यास्पद छ। तत्काल सत्य तथ्य छानबीन गरि कार्रवाई प्रकृया अगाडी बडाइयोस।

  • खास कुरो केहो तेस्को छानबिन हुन जरुरी छ एक तर्फे कुरा सुनेर मात्र हुदैन

  • हाेईन याे आईमाईकाे दिमाग त ठिक छ ।सत्यतथ्य छानविन गरेर दाेषीलाई कारवाही गर्नूपर्याे नत्र हचुवाकाे भरमा दाेष लगाएर अर्काकाे चरीत्र हत्या गर्नेलाई तुरून्त कार्वाही हाेस ।

  • यौनको कुरा नितान्त प्राकृतिक कुरा न कानुनले छेक्छ न नीतिले बाँधेर राख्न सक्छ यसमा कसैलाई दोष दिनु छैन कसले आफुलाई सम्हाल्न सक्छ भन्ने मात्र हो .पुरुषको मात्र दोष देखाइन्छ यौन हिम्शालाई मल जल गर्ने महिलाको २ अमल्को ड्रेस अंग प्रदर्सन पनि त पुरुष माथिको यौन हिम्षा नै त हो फेरी मन मिल्दा प्रेम नमिल्दा हिम्षा ?रस चुसुन्जेल प्रेम भयो त्यसमा कमि भयपछी हिम्सा

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया