क्रिष्टियानो रोनाल्डोद्धारा मोडललाई बलात्कार
लस भेगास । स्टार खेलाडी स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि अमेरिकी महिलाले लगाएको बलात्कार आरोपका बारेमा लस भेगास प्रहरीले फेरि अनुसन्धान शुरु गरेको छ ।
३४ वर्षीया शिक्षिका क्याथरिन मायोर्गाले सन् २००९ मा रोनाल्डोले आफूलाई होटलको बाथरुममा बलात्कार गरेको आरोप लगाएकी थिइन् । क्याथरिन त्यो बेला मोडल थिइन् ।
लस भेगासमा रहेको पाल्म होटल र क्यासिनोको बाथरुममा सन् २००९ को जुन १३ को बिहान रोनाल्डोले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी हुन् । आफूले यौन सम्बन्धका लागि धेरै पटक अस्वीकार गरे पनि रोनाल्डोले यौन सम्बन्ध कायम गरेको उनले बताएकी छन् ।
३३ वर्षका रोनाल्डोले आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेका छन् र समाचार फेक रहेको बताएका छन् । आफ्नो नाम प्रयोग गरेर प्रमोट हुन चाहेर यस्तो आरोप आफूमाथि लगाइएको रोनाल्डोको भनाई छ ।
लस भेगास प्रहरीले सोमबार घटनाको सम्बन्धमा अनुसन्धान पुनः सुरु भएको जानकारी दिएको हो ।
क्याथरिन र रोनाल्डोबीच पाल्ममा रहेको रेन नाइट क्लबमा भेट भएको थियो । रोनाल्डो बिदा मनाउनका लागि जाँदा त्यहाँ बसेका थिए । एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत