क्रिष्टियानो रोनाल्डोद्धारा मोडललाई बलात्कार

लस भेगास । स्टार खेलाडी स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि अमेरिकी महिलाले लगाएको बलात्कार आरोपका बारेमा लस भेगास प्रहरीले फेरि अनुसन्धान शुरु गरेको छ ।

३४ वर्षीया शिक्षिका क्याथरिन मायोर्गाले सन् २००९ मा रोनाल्डोले आफूलाई होटलको बाथरुममा बलात्कार गरेको आरोप लगाएकी थिइन् । क्याथरिन त्यो बेला मोडल थिइन् ।

लस भेगासमा रहेको पाल्म होटल र क्यासिनोको बाथरुममा सन् २००९ को जुन १३ को बिहान रोनाल्डोले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी हुन् । आफूले यौन सम्बन्धका लागि धेरै पटक अस्वीकार गरे पनि रोनाल्डोले यौन सम्बन्ध कायम गरेको उनले बताएकी छन् ।

३३ वर्षका रोनाल्डोले आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेका छन् र समाचार फेक रहेको बताएका छन् । आफ्नो नाम प्रयोग गरेर प्रमोट हुन चाहेर यस्तो आरोप आफूमाथि लगाइएको रोनाल्डोको भनाई छ ।

लस भेगास प्रहरीले सोमबार घटनाको सम्बन्धमा अनुसन्धान पुनः सुरु भएको जानकारी दिएको हो ।

क्याथरिन र रोनाल्डोबीच पाल्ममा रहेको रेन नाइट क्लबमा भेट भएको थियो । रोनाल्डो बिदा मनाउनका लागि जाँदा त्यहाँ बसेका थिए । एजेन्सी

Published : Tuesday, 2018 October 2, 11:29 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया