विदुरलाई सम्झिन बाध्य भयो ललितपुर

ललितपुर । करातेका पूर्वराष्ट्रिय खेलाडी एवम् प्रशिक्षक विदुर कर्माचार्यले खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको आफन्त, साथीभाई र सरोकारवालाहरूले स्मरण गरेका छन् ।

ललितपुरको गोदावरी नगरपालिकाको चापागाउँस्थित विदुरको निवासमा मंगलबार आयोजित श्रद्धाञ्जलि सभा कार्यक्रममा विदुर कर्माचार्यले खेलकुदमा गरेको योगदानको प्रशंसा गरेका हुन् ।

बिक्रम सम्वत २०३३ साल कात्तिक २७ गते ललितपुरको चापागाउँमा जन्मिएर खेलडी विदुरको ब्रेन ट्युमरका कारण यही कात्तिक १ गते ०७५ मा निधन भएको थियो ।

सितोरियो करातेका खेलाडी विदुर पत्नी र आफ्ना सन्तानका साथ अष्ट्रेलियामा बस्दै आएका थिए । यसअघि उनी जापानमा बसेर कृषिसम्बन्धी विषयमा शिक्षा लिएका थिए ।

बासुदेव कर्माचार्यका कान्छोरा विदुरलाई कृषि विज्ञ बनाउने बावुको इच्छा थियो । तर, विदुरको कर्मममा अर्कै कुरा लेखेको थियो । उनी करातेका खेला बने ।

श्रद्धाञ्जलि सभा कार्यक्रममा नेपाल कराते महासंघका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य दावा गुरुङले खेलकुद क्षेत्रले होनाहार प्रतिभावान व्यक्तित्व गुमाएको बताए । विदुर कर्माचार्यको निधनले खेलकुद क्षेत्रमा अपूरणीय क्षति भएको उनले बताए ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले विदुर कर्माचार्य जस्तो मिलनसार र सेवाभाव भएको व्यक्तिको निधनले चम्पापुर क्षेत्रमा समेत अपूरणीय क्षति भएको बताए ।

राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष एवं नेपाली कांग्रेसका महासमिति सदस्य मीनकृष्ण महर्जनले विदुर कर्माचार्यको शव उठाउँदा आफूलाई अत्यन्तै पीडा भएको बताए । ‘विदुरको शवलाई मैले छाएको थिएँ । त्यस बेला मलाई ठूलो पीडा भएको थियो’, कांग्रेसका युवा नेता महर्जनले भने, ‘विदुर मेरो सहकर्मी थिए । मिलनसार र प्रतिभाशाली व्यक्तित्व थिए ।’

राष्ट्रिय खेलाडी तथा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले विदुरको निधन अकल्पनीय भएको बताए । विदुर जस्तो योग्य तथा सक्षम खेलाडी तयार गर्न दशकौं लाग्ने उनको भनाइ छ ।

विदुरका बावु बासुदेव कर्माचार्यले छोरा गुमाउनु परेको पीडा पोखेका थिए । विदुर बासुदेवका कान्छा छोरा हुन् । श्रद्धाञ्जलि सभामा विदुरका परिवारले पीडा लुकाएर बसेका थिए ।

Published : Tuesday, 2018 October 30, 10:09 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया