नेपालसँग भारत पराजित, महिला खेलाडीले देखाए कमाल
काठमाडौं । थाइल्याण्डमा जारी एएफसी यू १९ च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले भारतलाई २-० गोलले हराएको छ ।
शुक्रबार थाइल्याण्डस्थित चोनबुरी रंगशालामा भएको खेलमा नेपालको सानदार जित निकाल्ने क्रममा रेखा पौडेल एक्लैले दुई गोल गरिन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५९ औं मिनेटमा रेखाले नेपाललाई अग्रता दिलाइन्। रेखालेनै खेलको अन्तिम २ मिनेटमा नेपालको अग्रता दोब्बर पार्दै जित निश्चित गरिन् ।
दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नस्दा नेपालले भारतमाथि सानदार जित निकालेको हो । यो जितसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३-० ले पराजित भएको थियो । पाकिस्तानलाई १८-० ले हराउँदै भारतले उत्कृष्ट सुरुवात गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत