नेपालसँग भारत पराजित, महिला खेलाडीले देखाए कमाल

काठमाडौं । थाइल्याण्डमा जारी एएफसी यू १९ च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले भारतलाई २-० गोलले हराएको छ ।

शुक्रबार थाइल्याण्डस्थित चोनबुरी रंगशालामा भएको खेलमा नेपालको सानदार जित निकाल्ने क्रममा रेखा पौडेल एक्लैले दुई गोल गरिन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५९ औं मिनेटमा रेखाले नेपाललाई अग्रता दिलाइन्। रेखालेनै खेलको अन्तिम २ मिनेटमा नेपालको अग्रता दोब्बर पार्दै जित निश्चित गरिन् ।

दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नस्दा नेपालले भारतमाथि सानदार जित निकालेको हो । यो जितसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३-० ले पराजित भएको थियो । पाकिस्तानलाई १८-० ले हराउँदै भारतले उत्कृष्ट सुरुवात गरेको थियो ।

Published : Friday, 2018 October 26, 6:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया