फुटबलमा नेपाली खेलाडीले ल्याएदिए घरघरमा खुसी
काठमाडौं । माल्दिभ्सलाई फराकिलो गोल अन्तरले हराएर नेपालले साफ यु – १५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा आयोजक नेपालले माल्दिभ्सलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । नेपालको जितमा जान लिम्बु, नमस थापामगर, सशांक बोहरा र दिपेश राईले गोल गरे ।
सुरुवातदेखि नै माल्दिभ्समाथि हावी भएको नेपालले खेलको २८ औं मिनेटमा अग्रता लियो । नेपालका खेलाडीलाई माल्दिभ्सका डिफेन्डर नबुहान मोहमेदले डिबक्सभित्र फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जान लिम्बुले पेनाल्टीलाई सुदपयोग गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
खेलको ३८ औं मिनेटमा नेपालका नमस थापामगरले गोल गर्दै दोब्बर अग्रता दिलाए । एकपछि अर्को आक्रमक शैली अपनाएको नेपालले पहिलो हाफमा २ गोल गर्न सफल भएको थियो ।
दोस्रो हाफमा पनि नेपालले उत्कृष्ट प्रदर्शन गर्दै थप २ गोल गर्न सफल भयो । नेपालका लागि सशांक बोहराले खेलको ६३ औं मिनेटमा गोल गर्दै तेब्बर अग्रता दिलाएका थिए ।
त्यसको ७ मिनेट पछि अर्थात खेलको ७० औं मिनेटमा दिपेश राईले गोल गर्दै नेपाललाई ४–० गोलको अग्रतामा पुर्याए । बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल नेपालले ४–० गोलले जितेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत