सामसुङले पट्याउन मिल्ने मोबाइल फोन ल्याउँदै

लण्डन । सामसुङले पट्याउन मिल्ने फोन चाँडै प्रयोगकर्ताको हातमा पुर्‍याउने घोषणा गरेको छ ।

सामसुङका प्रमुख कार्यकारी अधिकृत डीजे कोले कम्पनीले चाँडै फोल्डेबल फोनलाई प्रयोगकर्ताको हातमा पुर्‍याउने घोषणा गरेका छन् ।

सामसुङले लामो समयदेखि फोल्डेबल फोनको योजना बनाइरहेको छ । सामसुङले ग्यालेक्सी एफ नाम दिएर फोल्डेबल फोनको योजनामा काम गरिरहेको छ ।

कम्पनीले सन् २०१६ मै यस्तो फोन सार्वजनिक गर्ने भनेको थियो । सम्भवतः आगामी वर्ष सामसुङको फोल्डेबल फोन आउन सक्ने रिपोर्टहरूमा जनाइएको छ ।

सामसुङबाहेक एप्पल, हुवावे र एलजीजस्ता कम्पनीले पनि यस्तो खालको फोनको योजना बनाइरहेका छन् । एप्पलले भने फोल्डेबल फोनका लागि आफ्नो नाममा पेटेन्टसमेत दर्ता गरिसकेको छ । एजेन्सी

Published : Thursday, 2018 September 27, 8:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया