डेब्यु खेलमै रातो कार्ड पाएर बाहिरिए रोनाल्डो

लण्डन । फुटबल स्टार क्रिष्टियानो रोनाल्डो अभागी खेलाडी हुन् । नयाँ क्लब युभेन्टसबाट च्याम्पियन्स लिगको डेब्यु खेलमै रातो कार्ड पाएर बाहिरिएका छन् ।

बायाँ विङ्गमा बल रहेका बेला रोनाल्डो पेनाल्टी एरियातर्फ जाँदै थिए । उनलाई भ्यालेन्सियाका जिएसन मुरिलोले रोके । रोनाल्डो हल्का धकेलेको देखिएको छ । डिफेन्डर मुरिलो लडे । रोनाल्डोको धकेलाई खराब थिएन ।

यो घटना भएका बेला रोनाल्डोको पछाडि रेफ्री थिए । घटना स्पष्ट रुपमा देख्ने गोलपोस्टको अगाडि रहेका सहायक रेफ्री हुन् । रोनाल्डोले मुरिलोलाई कुहिनाले हानेको सोँचे सायद सहायक रेफ्रीले, तर अवस्था त्यो थिएन ।

मुरिलो सामान्य ट्याकलमा असामान्य प्रतिक्रिया देखाएपछि रोनाल्डोले उनको टाउकोमा हात राखे । घटना निकै सामान्य छ । ‘कसरी २० यार्ड पर रहेका सहायक रेफ्रीले यसलाई खराब गतिविधि देखे मलाई थाहा छैन’, रोनाल्डोले भनेका छन् । एजेन्सी

Published : Thursday, 2018 September 20, 11:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया