नेपाल सेमिफाइनलमै पराजित

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ–साफ च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलको खेलमा नेपाल पराजित भएको छ ।

बंगलादेशमा जारी खेलमा नेपाल माल्दिभ्ससँग ३–० गोलले पराजित भएको हो । नेपाल च्याम्पियनसिपबाट बाहिरिएको छ ।

मालदिभ्सले खेलको नवौं मिनेटमा फ्रिकिकमार्फत सुरुवाती गोल गरेको थियो । मालदिभ्सका कप्तान एक्रम अब्दुल घानीले करिब २० यार्ड टाढाबाट सेकेन्ड बार च्यापेर गरेको प्रहार गोलमा परिणत भएको थियो ।

पहिलो हाफको अन्त्यतिर नेपालका कप्तान भरत खवासले खाली पोष्टमा नि गोल गर्न सकेनन । गोलरक्षकले बल फुत्काएपछि बनेको अवसरमा भरतले गोल लाइन नजिकैबाट प्रहार गरेपनि फ्रेमभित्र परेन ।

खेलको ८४ औं मिनेटमा मालदिभ्सका खेलाडी इब्राहम हवाद हसानले ८४ औं मिनेटमा दोस्रो गोल गरेका थिए । उनै इब्राहमले २ मिनेटमा अर्को गोल गर्दै मालदिभ्सलाई जितको सुनिश्चित गरे ।

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा अहिलेसम्म पुग्न सकेको छैन ।

Published : Wednesday, 2018 September 12, 7:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया