फेसबुकले युट्यूबलाई टक्कर दिँदै, पैसा पनि पाइने !

लण्डन । सामाजिक सञ्जाल फेसबुकले बेलाबेला आलोचना खेप्दै आएको छ । तर, उसले आफ्नो साइटमा गरेको फेरबदलले चर्चा पनि पाउने गरेको छ ।

फेसबुकले छुट्टै भिडियो स्ट्रिमिङ्ग सर्भिस ‘फेसबुक वाच’ सबै प्रयोगकर्ताका लागि सार्वजनिक गर्ने तयारी गरेको छ । यो सेवा अमेरिकी प्रयोगकर्ताका लागि उपलब्ध हुँदै आएको थियो ।

फेसबुकको नयाँ सेवाले प्रयोगकर्तालाई विकल्पहरू उपलब्ध गराउनेछ । प्रयोगकर्ताले आफूलाई मनपर्ने शो छनोट गर्न सक्नेछन् । चर्चित ब्राण्डदेखि नयाँ खेलाडिसम्मका शो हेर्न सकिनेछ । यसका साथै न्यूज फिडमा सेभ गरिएका क्लिपहरू हेर्न सकिनेछ ।

दर्शकले हेर्ने भिडियोमा युट्युबमा झैँ विज्ञापन हेर्न पाउनेछन् । अमेरिका, बेलायत, आयरल्याण्ड, अष्ट्रेलिया र न्युजिल्याण्डमा मात्र यस्तो विज्ञापन सेवा उपलब्ध गराइनेछ । भिडियोबाट हुने मुनाफा भिडियो अपलोड गर्ने प्रयोगकर्ता र फेसबुकले बाँड्नेछन् । जसमा निर्मातालाई ५५ प्रतिशत र फेसबुकलाई ४५ प्रतिशत हिस्सा प्राप्त हुनेछ ।

फेसबुकले बुधबार नै यो सेवा सुरु हुने मिति घोषणा गर्नेवाला थियो । जानकारी लिक भएपछि पूर्वनिर्धारित मितिमा घोषणा गरिएको छैन ।

वाच सर्भिस नाम दिइएको फेसबुकको यो भिडियो स्ट्रिमिंग सेवालाई युट्युबको प्रतिद्वन्दीका रुपमा हेरिएको छ ।

फेसबुकको यो सर्भिसले युट्युबमा मात्र नभै परम्पारगत टिभी च्यानल तथा नेटफ्लिक्स, अमेजन भिडियो, बीबीसी आइप्लेयर तथा फेसबुकको आफ्नै इन्स्टाग्राम टिभी जस्ता अनलाइन आउटलेटहरूलाई पनि चुनौती दिनेछ ।

अमेरिकामा परीक्षणमा रहेको फेसबुकको वाच सर्भिसलाई प्रयोगकर्ताले धेरै रुचाएका छन् । बीबीसी

Published : Thursday, 2018 August 30, 7:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया