कांग्रेसले संसदमै यसरी थर्कायो गृहमन्त्रीलाई, नेविसंघलाई नचलाउन चेतावनी

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध नेविसंघले गरेको शान्तिपूर्ण प्रदर्शनमा चरम दमन भएको भन्दै आक्रोश व्यक्त गरेको छ ।

शुक्रबार बसेको संसदको बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरूले सरकारले नेविसंघको शान्तिपूर्ण आन्दोलनमा दमन गरेको आरोप लगाएका हुन् ।

नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले सुर्खेत, रामेछापसहितका जिल्लाहरूमा नेविसंघले मूल्य वृद्धिविरुद्ध गरेको शान्तिपूर्ण प्रदर्शनमा गृहमन्त्रीले दमन गर्न आदेश दिएको बताए ।

सुर्खेतमा कांग्रेसको पार्टी कार्यालयभित्रै प्रवेश गरेर प्रहरीले नेविसंघका कार्यकर्तामाथि कुटपिट र धरपकड गरेको उनले बताए ।

‘गृहमन्त्रीको ठाडो आदेशमा प्रहरीले कांग्रेसको पार्टी कार्यालयमा आक्रमण गरेर तोडफोड गरेको छ’, कांग्रेसका सांसद रसाइलीले भने, ‘प्रहरी ज्यादती नरोकिए त्यसको मूल्य सरकारले चुकाउनु पर्नेछ ।’

गृहमन्त्री रामबहादुर थापाप्रति आक्रामक देखिएका सांसद रसाइलीले भने, ‘गृहमन्त्रीज्यूलाई ‘सिंघम’ भनेर समाचार आएका छन् । तर, गृहमन्त्री ‘सिंघम’ होइन ‘डन’ बन्नुभएको छ ।’

Published : Friday, 2018 June 22, 3:38 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया