यी हुन् मोबाइल फोन पढ्किने कारणहरू

लण्डन । चार्ज गरिरहेको बेला फोन प्रयोग गर्नु हुँदैन । मोबाइल फोन पड्किनुको एउटा मुख्य कारण हो, यसको ओभर हिटिङ अर्थात् अत्यधिक तात्नु ।

मोबाइल फोन प्रयोग गरिरहँदा यसको तापक्रम बढेको हुन्छ । चार्जिङ गर्दा पनि मोबाइलको तापक्रम बढ्दछ । वास्तवमा चार्जिङको समय मोबाइलको लागि आरामको समय हो ।

चार्ज गरिरहेको बेला मोबाइल फोनलाई केबल चार्ज हुन दिनुहोस् । चार्जमा लगाएर गेम खेल्ने, नेट चलाउने वा फोनमा करा गर्ने गर्नु खतरनाक हुनसक्छ । यदि कुनै काम छैन भने त मोबाइल फोनको स्विच अफ गरेरै चार्ज गर्नु राम्रो हुन्छ ।

रातभर चार्जमा राखेर छाड्नु हुँदैन । धेरै मानिसको बानी हुन्छ रातभर मोबाइल फोन चार्जमा राखेर सुत्ने र बिहान चार्जबाट थुतेर चलाउने । यसो गर्नुपनि हानिकारक हुनछ ।

सबैखाले मोबाइलमा चार्ज कन्ट्रोल हुने प्रविधि रहने र फुल चार्ज भएसँगै चार्जिङ आफै रोकिने प्रविधि हुने भएपनि पूराना फोनहरूमा ओभर चार्जिङ हुने र यसले ब्याट्री फुल्ने वा पड्किने खतरा पनि हुनसक्छ ।

ओरिजिनल चार्जरको प्रयोग गर्नुपर्छ । कहिलेकाहीँ फोन खरिद गर्दा लिएको सक्कली चार्जर बिग्रिसकेपछि पैसा जोगाउनका लागि अर्को सक्कली चार्जर किन्नुको साटो सस्तो चार्जरले पनि काम चलाइन्छ । यसो गर्नु हुँदैन ।

जुन कम्पनीको फोन हो, सोही कम्पनी र मोडेलको चार्जर खरीद गर्नुहोस् । सस्तो खालका तथा जुनसुकै खाले चार्जरबाट चार्ज गर्दा मोबाइल फोन सन्तुलित रुपमा चार्ज नहुने र पड्किने जोखिम पनि हुनछ ।

चर्को घाममा मोबाइल राख्नु हुँदैन । सूर्यको सिधा किरण पर्ने र तात्ने ठाउँम फोन नराख्नुस् । यसले फोन बढि तात्नगई बिग्रिने वा पड्किने समस्या हुनसक्दछ ।

एपहरूमा सावधानी अपनाउनु पर्छ । कतिपय एपहरू प्रयोग गर्दा फोनमा बढि उर्जा खपत हुनजाने कारणले फोन बढि तात्दछ । प्रायः जिपिएस नेभिगेसनवाला एप्स प्रयोग गर्दा यस्तो समस्या आउँछ ।

गुगल म्याप, उबर, ओला जस्ता जिपिएस लोकेसन बेस्ड एप प्रयोग गर्दा फोन बढि तात्ने समस्या आउँदछ । त्यसैले जिपिएस अन नगर्ने र यस्ता एप कम प्रयोग गर्ने गर्नुहोस् । एजेन्सी

Published : Thursday, 2018 June 21, 5:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया