कांग्रेस सभापतिहरूको भेला विथोल्ने प्रयास, देउवा–पौडेलद्वारा प्रतिकार

हेटौँडा । नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको भेलामा आफू अनुकूलको गतिविधि गर्न नपाएपछि कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहसहितका केही नेताहरूले भेला विथोल्ने प्रयास गरेका छन् ।

मकवानपुरको हेटौँडामा मंगलबारदेखि शुरु भएको भेलामा केन्द्रीय सदस्यद्वय सिटौला र सिंहले बोल्न नपाएको भन्दै असन्तुष्टि जनाएका थिए । उनीहरूले बोल्न नपाएको झोँक सभापतिहरूको भेला विथोल्ने प्रयास गरेको एक नेताले बताए ।

नेता सिटौला–सिंहले आफू निकटका केन्द्रीय सदस्य र सभापतिहरूसँग भेट गरेर बन्दसत्रमा देउवा कमजोर हुने गरेर अभिव्यक्ति दिन निर्देशन दिएको एकजना जिल्ला सभापतिले जानकारी दिए ।

सिटौला–सिंहको अबरोधका बाबजुद सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले बन्द सत्रमा बसेर जिल्ला सभापतिहरूको सुझाव सुनेका छन् ।

देउवा–पौडेलले सभापतिहरूको भेलालाई बिथोल्ने प्रयास भएपनि मौनरुपमा त्यसको प्रतिकार गरेर सिटौला–सिंहलाई परास्त गरिदिएको एक नेताले बताए ।

जिल्ला सभापतिहरूले कांग्रेसलाई बलियो बनाउन केन्द्रीय नेताहरूलाई दवाव दिएका छन् । उनीहरूले नेताहरू केन्द्रमा मिलेपछि कांग्रेस स्वतः बलियो बनेर आउने बताएका हुन् ।

गुटको राजनीति गर्दै आएका सिटौला र सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेलको आडमा गतिविधि गर्दै आएको आरोप छ । पौडेललाई यो कुराको जानकारी छ । तर, केही लोभी नेताहरूको दवावमा पौडेल निरिह बनेको आरोप छ ।

१३औँ महाधिवेशनमा सभापतिमा उम्मेदवार बनेका पौडेललाई नेता सिटौलाले नै हराएका थिए । शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका पौडेलको जित निश्चित थियो । तर, सिटौलाले सभापतिमा उम्मेदवारी दिँदै अगल प्यानल बनाइ खडा भएका थिए । त्यसको असर पौडेललाई परेको थियो ।

हेटौँडामा जम्मा भएका जिल्ला सभापतिहरूलाई देउवाविरुद्ध भड्काएर आफू बलियो हुने योजनामा लागेका सिटौलालाई अञ्जानमा अर्का नेता सिंहले पनि साथ दिइरहेका छन् ।

झापा जिल्ला निवासी सिटौला कम्युनिस्ट राजनीति हुँदै कांग्रेस छिरेका हुन् । सिटौलालाई गिरिजाप्रसाद कोइरालाले यो उचाइँ दिएका थिए । तर, सिटौला अहिले कोइराला परिवारको विरोध भएका छन् ।

सिटौला–सिंहले चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, जीवन परियारसहितका युवा नेताहरूलाई उचालेर छन्नभाँती कुराहरू जिल्ला सभापतिहरूको भेलामा राखेका छन् ।

Published : Wednesday, 2018 June 20, 8:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया