यी नेताको चर्चितकलाले कांग्रेस सभापतिहरूको शिर झुक्यो

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको जिल्ला भेला हेटौँडामा शुरु भएको छ । भेलामा देशैभरिबाट सभापतिहरू जम्मा भएका छन् ।

भेलालाई सफल बनाउनेभन्दा पनि केही नेताहरूले सभापति शेरबहादुर देउवाको बद्नाम गरेर राजनीतिक लाभ लिन खोजेका छन् ।

देउवालाई अफ्ठ्यारो बनाएर लाभ लिने सूचीको अग्रभागमा कृष्णप्रसाद सिटौला छन् । सभापतिहरूको भेलामा आफ्नो पकड र बर्चश्व देखाउन सिटौलाले देखाएको चर्तिकलाबाट धेरै कांग्रेसी शुभेच्छुकहरू चिढिएका छन् ।

उद्घाटन सत्रमा आशनग्रहणका लागि मञ्चमा बोलाउँदा पनि सिटौला माथि उक्लिएनन् । उनलाई भेला आयोजकका संयोजक मकवानपुर जिल्लाका सभापति इन्द्रबहादुर बानियाँले पटक–पटक आग्रह गरेका थिए ।

सिटौला मञ्चभन्दा तलै बसे । कांग्रेसभित्र गुटको राजनीति गर्दै आएका सिटौलालाई उद्घाटन सत्रमा बोल्न नदिएपछि असन्तुष्टि जनाउँदै मञ्चमा नगएका हुन् ।

एकजना जिल्ला सभापतिका अनुसार कृष्णप्रसाद सिटौलालाई उद्घाटन सत्रमा कुन हैसियतले बोल्न दिने ? भन्दै प्रश्न उठाए ।

‘गुटको नेता भनेर बोल्न दिने कि पूर्वमहामन्त्री वा मन्त्री के भनेर बोल्न दिने ?’, नाम उल्लेख नगर्ने सर्तमा ती सभापतिले भने, ‘सिटौलालाई बोल्न दिने हो भने उहाँको हैसियत भएका धेरै नेता छन् । सबैलाई बोल्न दिनुपर्छ ।’

नेपाल ट्रेड युनियन कांग्रेसको महाधिवेशनमा अध्यक्षमा आफू निकटका पुस्कर आचार्यलाई जिताएपछि सिटौलाको भाउ ह्वात्तै बढेको चर्चा कांग्रेसभित्र छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र डा.शेखर कोइरालासहितका नेताहरूलाई भ्रममा पारेर सिटौलाले आचार्यलाई अध्यक्षमा जिताएको आरोप छ ।

जिल्ला सभापतिहरूको भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, डा.शशांक कोइराला, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायतका नेताहरूले आफू निकटका सभापतिहरूसँग भेटेर विरोधी खेमालाई खुइल्याउन सुझाव दिएको स्रोतको भनाइ छ ।

Published : Wednesday, 2018 June 20, 10:46 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया