चाइनाबाट ओलीको कम्युनिस्ट सरकारलाई फेरि धोखा

काठमाडौं । चीनले नेपालप्रति दोहोरो नीति लिएको छ भन्ने कुराको तथ्य फेरि पनि बाहिर आएको छ । जुन महिनाको ९ र १० तारिखमा चीनमा हुन लागेको सम्मेलनमा नेपाललाई निमन्त्रणा पठाइएको छैन ।

सांघाई को–अप्रेसन अर्गनाइजेशन (एससीओ) सम्मेलनमा चीनले नेपाललाई नबोलाउनुलाई कुटनीतिक असफलताका रुपमा हेरिएको छ । यो सम्मेलनमा नेपालले सहभागी हुने इच्छा देखाएको थियो ।

तर, सरकारको असफल परराष्ट्र नीतिले ओलीलाई फेरि एक पटक ठूलो झट्का लागेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल असफल भएका छन् ।

हुन त चीनले असारको पहिलो साता प्रधानमन्त्री केपी ओलीलाई औपचारिक निम्तो पठाएको छ । ओलीले पनि चीन जानका लागि सबै तयारी गर्न निर्देशन दिइसकेका छन् ।

यद्यपि, चीनले नेपालप्रति किन दोहोरो चरित्र देखाएको छ भनेर कुटनीतिक जानकारहरूले चिन्ता जनाएका छन् । यसअघि चीनले बोआओ फोरममा पनि नेपाललाई बोलाएको थिएन ।

चीनले नेपाललाई ठीक ठाउँमा राख्न चाहन्छ । अहिले पनि चीनले नेपालको ओली सरकारलाई धेरै विश्वास नगरेको यो घटनाले देखाएको छ । चीन भ्रमणमा जानु ओलीको ठूलो उपलब्धि होइन ।

तर, चीनले गर्ने व्यवहार नेपालका लागि महत्व राख्छ । चीनले यसैगरी पटक पटक अपमान गर्ने हो भने नेपाल–चीन सम्बन्ध सुधार हुनुको साटो बिग्रर्दै जान्छ ।

भूकम्प र भारतीय नाकाबन्दीका बेला चीनले नेपाललाई कुनै पनि सहयोग गरेको थिएन । चीनको त्यो असहयोग नेपाली जनताले अहिले पनि भुलेका छैनन् । त्यति मात्रै होइन नाकाबन्दीका बेला चीनले कुनै पनि नाका खोलिदिएन ।

बरु तातोपानी नाका सदाका लागि बन्द गरिदियो । त्यसबाट नेपाली जनताले अहिले पनि समस्या भोगिरहेका छन् । भारतलाई तर्साउन नेपालले चीनको कार्ड खेले पनि नेपाली जनताले चिनियाँ पक्षको व्यवहार राम्रोसँग बुझेका छन् ।

Published : Thursday, 2018 June 7, 8:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया