‘नेकपा’ रातो पासपोर्ट बेच्ने र ज्यानमाराहरूको पार्टीः नेता झा

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाले पावर भएकाहरूलाई अपराधको सजाय भोग्न नपर्ने भन्दै कम्युनिस्ट सरकारको आलोचना गरेका छन् ।

अदालतबाट सर्वस्वसहित ज्यान मारेको अभियोगमा सजाय पाएका बालकृष्ण ढुंगेललाई छाडिएकोमा झाले आपत्ति जनाए । उनले जनताबाट निर्वाचित भएको व्यक्तिलाई जेलमा राखेको भन्दै सरकारको आलोचना गरे ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान कुरा गर्दै झले पावर नभएकै कारण धेरै मतअन्तरले विजयी भएका रेशमलाल चौधरी थुनामा रहेको बताए ।

‘रातो पासपोर्ट बेच्ने सांसद कुन दलमा छ ? ज्यानमार्ने सांसद कुन पार्टीको हो ?’, प्रश्न गर्दै राजपाका नेता झाले भने, ‘बालकृष्ण ढुंगेल कुन दलको हो ? सत्तामा रहेकाहरूले अपराधि नै भए पनि आफ्नो मान्छेलाई छाड्ने । अदालतबाट सजाय पाएका अपराधीलाई उन्मुक्ति दिइएको छ ।’

तत्कालीन एमालेका सांसद नारदमुनि राना थारु रातो पासपोर्ट बिक्री गरेको अभियोगमा परेका व्यक्ति हुन् । उनी अहिले संसदमा प्रतिनिधित्व गर्छन् ।

झाले भने, ‘अभियोग प्रमाणित नभएको मान्छे रेशमलाल चौधरीलाई जेलमा राखिएको छ । केपी ओलीजीको यही हो शासन ?’

Published : Tuesday, 2018 June 5, 12:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया