सुरक्षाका लागि फेसबुकले माग्यो नाङ्गो तस्बिर
लण्डन । फेसबुकले बेलायती प्रयोगकर्तासँग उनीहरूका निर्वस्त्र तस्बिर पठाउन अनुरोध गरेको छ । बदलाको भावनाले कोही व्यक्तिले कुनैपनि प्रयोगकर्ताका नाङ्गा तस्बिरहरू फेसबुकमा पोष्ट गर्न नपाओस् भन्नका लागि नाङ्गा तस्बिर माग गरिएको फेसबुकले जनाएको छ ।
तपाइँलाई कसैले आफ्ना अन्तरंग तस्बिरहरू फेसबुकमा पोष्ट गरिदिन्छ कि भन्ने डर छ भने फेसबुकलाई त्यस्ता तस्बिर उपलब्ध गराएर तपाइँ आफ्ना नाङ्गा तस्बिर सार्वजनिक हुनबाट जोगिनुहुन्छ ।
फेसबुकले यस्तै प्रविधिको प्रयोग अहिले बालबालिकामाथि दुर्व्यवहारयुक्त तस्बिरलाई फेसबुकमा पोस्ट हुनबाट रोक्नका लागि गरिरहेको छ ।
फेसबुकले यस्तो विधिको प्रयोग यसअघि अस्ट्रेलियामा गरेकोमा अब बेलायत, अमेरिका र क्यानडामा पनि सुरु गर्ने कोसिस गरिरहेको छ । फेसबुकका प्रवक्ताका अनुसार बेलायती फेसबुक प्रयोगकर्ताका लागि खुल्ला प्रस्ताव अघि सारिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत