ट्वीटर प्रयोगकर्ताका डाटा बिक्री गरेको खुलासा

न्युयोर्क । माइक्रोब्लगिङ साइट ट्वीटरले समेत क्याम्ब्रिज एनालिटिकाका शोधकर्तालाई लाखौँ ट्वीटर प्रयोगकर्ताका डाटा बिक्री गरेको खुलासा भएको छ ।

क्याम्ब्रिज एनालिटिकाले झण्डै ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताका निजी जानकारीहरु प्रयोगकर्ताको जानकारी तथा अनुमति विना नै संकलन गरेको थियो । यसअघि फेसबुकले पनि डाटो बेचेको थियो ।

द सण्डे टेलिग्राफको रिपोर्ट अनुसार ट्वीटरले अलेक्जेन्डर कोगनलाई सन् २०१५ मा एक दिनका लागि सार्वजनिक डाटामा पहुँच उपलब्ध गराएको थियो ।

कोहोन त्यस समय क्याम्ब्रिज विश्वविद्यालयका मनोवैज्ञानिक शोधकर्ता थिए र उनको कम्पनीको नाम ग्लोबल साइन्स रिसर्च थियो ।

शोधकर्तालाई ट्वीटर प्रयोगकर्ताका डाटामाथि एक दिनको पहुँच उपलब्ध गराएबापत ट्वीटरले रकम लिएको थियो । त्यसक्रममा शोधकर्ताले सन् २०१४ को डिसेम्बर देखि सन् २०१५ को अप्रिल सम्मको अवधिका सार्वजनिक ट्विट्सको र्याण्डम स्याम्पल तयार गरेका थिए ।

यद्यपि, ट्वीटरले निजी सूचनाहरुसम्म पहुँच पुगेको विषयमा आफुलाई कुनै जानकारी नभएको बताएको छ ।

सन् २०१८ को पहिलो त्रैमासिकमा ट्वीटरको राजश्वमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशतले वृद्धि भएको थियो । यो अवधिमा ट्वीटरले ६६ करोड ५० लाख डलर आम्दानी गरेको छ । – एजेन्सी

Published : Saturday, 2018 May 5, 3:32 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया