‘प्रचण्ड’को महँगो मर्निङवाक
पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बिहान पोखरामा दलबलसहित मर्निङवाकमा निस्किएका छन् ।
लेकसाइडमा उनी मर्निङवाकमा निस्किएका हुन् । सिमसिम पानी परेकाले प्रचण्डको मर्निङवाकलाई केही समय अवरोध पुगेको एक स्थानीयले बताए ।
ब्रण्डेड कम्पनीका जुत्ता, ट्रयाक सुट र झण्डै १५ जना सुरक्षाकर्मीसहित प्रचण्ड मर्निङवकमा निस्किएका हुन् । प्रचण्डले लगाएका जस्तै कपडा र जुत्तासहित उनका अंगरक्षकहरू पनि तस्बिरमा देखिएका छन्।
त्यति मात्रै होइन प्रचण्ड मर्निङवाकमा निस्किएका बेला उनको सुरक्षाका लागि प्रहरीको एउटा भ्यान पनि सँगसँगै हिँडेको छ । स्थानीयले प्रचण्डको महँगो मर्निङवाक भन्दै आलोचना गरेका छन् ।
Published : Saturday, 2018 May 5, 2:53 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

यसमा तपाइको मत