खुफिया एजेन्सीमार्फत सुध्रिएको ओली–मोदी सम्बन्ध

काठमाडौं । ढिलो नगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको राजकीय भ्रमणमा आउने तयारी सुरू भएको छ ।

भारतमा ०१९ को चुनावअघि नेपालसँग विग्रिएको कुटनीतिक सम्बन्धलाई अझ बलियो बनाएर देशभित्र विरोधको वातावरण सुधार गर्ने रणनीतिक योजनाभित्र मोदीको यो भ्रमण हुनेछ । यसपटक मोदीले नेपाललाई विकासका लागि अहिलेसम्मकै ठूलो सहयोग घोषणा गर्दै हस्ताक्षर गर्नेछन् ।

नेपाल आउनुअघि मोदी छिमेकी मुलुक चीनको भ्रमणमा आगामी साता निस्कने भएका छन् । त्यसको जानकारी आइतबार चीन पुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले दिइसकेकी छन् ।

मोदी आगामी जेठ ११ गते नेपाल आउने गरी भ्रमणको तयारी सुरू भएको छ । २५ मेमा मोदीलाई नेपालमा स्वागत हुन सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । तर भ्रमणको मिति त्यहि नै हुनसक्ने किटानचाहीँ गरेको छैन । ‘प्रधानमन्त्री केपी शर्मा ओलीको निम्तोलाई स्वीकारेर आउने कुरा भएको छ । तर कहिले भन्नेचाहीँ दुवै देशका परराष्ट्र अधिकारीको सल्लाहका आधारमा तय हुनेछ ।’

हिन्दुस्तान टाइम्सले मोदी आगामी मे ११ (वैशाख २८) मै नेपाल भ्रमण हुनसक्ने उल्लेख गरेको थियो । गत महिना प्रधानमन्त्री ओलीले २३ देखि २५ सम्म भारतको भ्रमण गरेका थिए । भारतीय पक्षले निम्तोलाई स्वीकार्दै भ्रमणको मिति आपसी समझदारीमा तय गर्ने जानकारी दिएका थियो ।

गत वर्षसम्म नेपालसँग चिसो बनेको भारतको सम्बन्धलाई गुलियो बनाउनका लागि मोदी आउन लागेका हुन् । प्रधानमन्त्री ओलीको भ्रमणमा पनि मोदीले नेपाली खुसी हुनेगरी सम्बोधन गरेका थिए ।

अहिले भारतमा कांग्रेस आईले मोदीको कार्यशैली र कुटनीतिक सम्बन्धमा चिसोपन ल्याउने व्यवाहारको आलोचनासहित ०१९ को चुनावलाई लक्षित गरी प्रचारलाई तिव्रता दिएका बेला छिमेकसँग सम्बन्ध बलियो बनाउने रणनीतिमा भारतीय प्रधानमन्त्री पुगेका छन् ।

उनले नेपालको विकासका हरेक ठाउँमा साथ दिने वचन दिइसकेका छन् । यसपटक केही ठूला जलविद्युत परियोजना, रक्सौल काठमाडौं रेल सम्झौता, सडक विस्तारका सहयोगसहितका उपहार लिएर मोदी नेपाल आउन लागेका हुन् ।

अरूण तेस्रो जलविद्युत आयोजनाको उद्घाटनको तयारी पनि भएको छ । मोदी अब आउँदा तेस्रो पटक नेपाल आउनेछन् । दुई पटकसम्म जनकपुरधाम जाने कोशिश गर्दा पनि पुग्न नसकेका मोदी यस पटक रामजानकी मन्दिरको दर्शन गरेर फर्किने सुत्रहरूले जानकारी दिए ।

भारतीय प्रधानमन्त्री मोदी सन् २०१४ मा सार्क बैठकका बेला नेपाल आएका थिए । त्यसअघि दुई दिने औपचारिक भ्रमणमा मोदीले नेपालको संसदलाई सम्बोधन गरेका थिए ।

पहिलोचोटि नेपाल आउँदा मोदीले संसदमा गरेको भाषण र वानेश्वरमा गाडीबाट ओर्लेर सर्वसाधारणसँग हात मिलाएपछि उनलाई नेपालीहरूले प्रशंशा गरेका थिए । दोस्रोपटकको भ्रमणमा नेपालको संविधान र मधेस मामिलाबारे दिएको अभिव्यक्तिले मोदी आलोचित बनेका थिए ।

भारतले विदेश राष्ट्रसँग कुटनीतिक र खुफिया एजेन्सीमार्फत स्थापित गरेको सम्बन्धलाई प्रतिस्थापित गर्दै नेपालसँग राजनीतिक तहमा सम्बन्ध राख्ने सहमति गर्नेछ । ओलीको भारत भ्रमणका बेला वान टु वान वार्तामा भएको छलफलका आधारमा मोदीले ओलीसँग यस्तो सहमति गर्नेछन् ।

उच्च स्रोतका अनुसार मोदीको भ्रमण तयारीसँगै काठमाडौंमा सुरक्षा व्यवस्था बलियो बनाउने उद्देश्यले प्रधानमन्त्री ओलीले अधिकारीहरूसँग परामर्शको तयारी पनि गरेका छन् । मोदीको भ्रमण अघि नै नेपालमा बहुमतप्राप्त एउटै पार्टीको सरकार रहेको अवस्था बनाउनका लागि वाम गठबन्धन घोषणाको पनि तयारी भएको छ ।

भारतीय प्रधानमन्त्री मोदी भारतीय जनता पार्टी र गठबन्धनका तर्फबाट बहुमतप्राप्त प्रधानमन्त्री हुन् । भाजपा एक्लै पनि बहुमतमा रहेको छ । संविधान जारी पनि पुनर्संरचनामा गएको संघीय नेपालमा भने मोदीको यो पहिलो भ्रमण हो । शक्तिशाली छिमेक मध्येमा नेपालका विकासका एजेन्डाहरूमा भारतले साथ दिने बताइसकेको छ ।

Published : Tuesday, 2018 April 24, 11:19 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया