नेपालमा धार्मिक द्वन्द्व सिर्जना गरेर यसरी गरिँदै छ हतियार बिक्री

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले नेपालमा द्वन्द्व सिर्जना गरेर हतियार बेच्ने ठूलो षड्यन्त्रमा एउटा समूह सक्रिय रहेको आरोप लगाएका छन् ।

धुम्बाराहीस्थित पार्टी मुख्यालयमा पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्री ओलीले मिलेर बसेका नेपाली जनतालाई एकआपसमा लडाउन चाहेको आरोप लगाए ।

‘धर्म, जाति, बर्ग, लिङ्ग, गोत्र आदिका नाममा नेपालीहरूविरुद्ध घृणा फैलाउने काम भएको छ’, उनले भने, ‘जातीय र धार्मिक द्वन्द्व फैलाएर हतियार बेच्ने ठूलो योजना बनेको छ ।’

ओलीले युरोपियन युनियनतर्फ संकेत गर्दै धर्मपरिवर्तनका नाममा नेपालमा ठूलो षड्यन्त्र भइरहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा आफै घृणा, हिंसा र द्वन्द्व फैलाउने । त्यसपछि द्वन्द्व व्यवस्थापनको नाममा आएर नेपाललाई गरिव बनाउने । विकास हुन नदिने षड्यन्त्र भइरहेको छ ।’

नेपाली कांग्रेसविरुद्ध आक्रमक देखिएका ओलीले भन, ‘भारत भ्रमणमा गएका बेला एउटा दलका एक नेताले लम्पसारवादी भनेछन् ।

लम्पसारवादी भनेको केलाई हो ? कसलाई हो ? केही थाहा नपाउनेले त्यसो भन्ने !’ ओलीले कांग्रेसलाई विचार पु-याएर बोल्न सुझाव दिए ।

Published : Monday, 2018 April 23, 4:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया