कांग्रेस निकट ईञ्जिनियर्सको संस्थामा पौडेल समूहको धमाकेदार जित

काठमाडौं । नेपाली कांग्रेस निकटका ईञ्जिनियर्सहरूको छाता संस्था सेन्टर फर डेमोक्रयाटिक ईञ्जिनियर्स नेपाल (सिडेन)लाई संस्थापन पक्षले गुमाएको छ ।

सिडेनको पाँचौ कार्यकारिणी समितिको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका शंकरप्रसाद पण्डित निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवा समूहबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका मुकेश काफ्ले पराजित भएका छन् । काफ्ले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक समेत हुन् ।

अध्यक्षमा पण्डितले ५ सय ४४ मत प्राप्त गरेर विजयी भएको निर्वाचन समितिले जनाएको छ । प्रतिस्पर्धी काफ्लेले जम्मा ३ सय ८९ मत ल्याएका थिए ।

यसअघि सभापति देउवा समूहले शिक्षक संघ र कर्मचारी संघ गुमाइ सकेको छ । दुबै समूहमा पौडेल समूहले कब्जा जमाएको छ ।

ललितपुरमा शनिवार भएको निर्वाचनबाट अध्यक्षसहित अधिकांश पक्षमा पौडेल समूह हाबी भएको छ । अध्यक्ष पण्डित समूहकै लक्ष्मण केसीले ५३२ मत ल्याई उपाध्यक्षमा निर्वाचित भएका छन् । काफ्ले समूहका मिथिलेसकुमार झाले ३२४ मत ल्याएका थिए ।

महासचिवमा पण्डित समूहकै विनोदप्रकाश पण्डित ५३१ सहित निर्वाचित भएका छन् । काफ्ले समूहका गोरखराज जोशीले ३९४ मत ल्याइ निर्वाचित भएका छन् । उपमहासचिव पदमा पण्डित समूहका भुपेन्द्र श्रेष्ठ ५१६ मत ल्याइ निर्वाचित भएका छन् । काफ्ले समूहका भोजराज तिवारीले उपमहासचिवमा जम्मा ४ सय १ मत पाए ।

कोषाध्यक्ष पनि पण्डित समूहकै संजय पाण्डे ५७० मत ल्याई निर्वाचित भएका छन् । काफ्ले समूहका रुपबहादुर रावलले ३४४ मत पाए ।
कुल १५ सदस्यीय कार्य समितिमा पाँच पदाधिकारी र नौ सदस्य पण्डित समूहले जितेको छ । एक केन्द्रीय सदस्य मात्र काफ्ले समूहले जीतेको छ ।

कार्यसमितिका सदस्यहरूमा सरोज राई, सन्तोष कुँवर, अशोक अर्याल, सन्तोषबहादुर क्षेत्री, भिषण भुजेल, सञ्जयराज अधिकारी, मदन पुरी, कुञ्जन अमात्य, मनीष कर्ण अध्यक्ष पण्डित समूहबाट निर्वाचित भएका छन् । काफ्ले समूहबाट एकमात्र केन्द्रीय सदस्य विकास पोख्रेल निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित पण्डित स्थानीय पुर्वाधार विकास तथा कृषि सडक बिभाग डोलीडारमा विगत २२ वर्षदेखि कार्यरत छन् । हाल उनी डोलिडार अन्तर्गतको राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमको परियोजना संयोजकका रुपमा कार्यरत रहेका छन् ।

Published : Sunday, 2018 April 8, 9:23 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया