हुवावेले ल्यायो सस्तो स्मार्टफोन, यस्ता छन् फिचर

काठमाडौं । हुवावे स्मार्टफोन कम्पनीले हुवावे पी २० र हवावे पी २० प्रोको सार्वजनिक गरेको छ ।

हुवावे पी २० प्रोमा विश्वकै पहिलो लाईका ट्रिपल क्यामरा र दुवै डिभाइसमा आर्टिफिसियल इन्टेलिजेन्सका फाइदाहरू रहेका छन् ।

हुवावे पी २० सिरिजको आगमनसँगै हुवावेले समस्त प्रयोगकर्ताको लागि सहज रुपमै एउटा अनुभवी फोटोग्राफरले झै फोटो खिच्ने सुविधा प्रदान गर्छ ।

कम्पनीका अनुसार हुवावे पी २० सिरिजमा आधुनिक, इन्टेलिजेन्ट क्यामरा सिस्टम समावेश छ, जसले उपभोक्तालाई त्यस्तो विशेषता प्रदान गर्दछ, जसले स्मार्टफोन फोटोग्राफीको हरेक पक्षलाई उत्कृष्ट बनाउँछ ।

किरिन ९७० प्रोसेसरका साथ हुवावे पी २० सिरिजले स्वतः नै १९ विधाहरुमा ५०० भन्दा बढी सिनारियो पहिचान गर्न सक्छ र फोटोग्राफी मोड र क्यामरा सेटिङ छनोट गरी सिकारु फोटोग्राफरहरूका लागि समेत उत्कृष्ट र प्रोफेसनल (अनुभवी) देखिने इमेजहरू प्रदान गर्दछ ।

यसका साथै हवावे एआईएसले ट्राईपोड बिना नै राति पनि हातले समातेर उत्कृष्ट लङ्ग एक्सपोजर ईमेज प्रदान गर्छ ।

हवावे पी २० सिरिजको एआई एसिस्टेड कम्पोजिसन फिचरले गर्दा यो ग्रुप सटहरु र परिदृश्य खिच्नको लागि उत्कृष्ट छ ।

हुवावे पी २० र पी २० प्रोमा २४ मेगापिक्सेल सेल्फी क्यामराका साथ एआई ब्यूटिफिकेशन र थ्रीडी पोट्रेट लाईटिङ छ ।

सुन्दर सेल्फीहरूका साथ स्कीन टोन पनि राम्ररी मिलाउँछ, अनुहारको डिटेललाई पनि राम्ररी आउटलाइन गरी वास्तविक थ्रीडी फिचर इन्हान्समेन्ट गर्ने कम्पनीको भनाई छ ।

Published : Wednesday, 2018 April 4, 11:19 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया