फेसबुकमा अब ‘डिस्लाइक’को सट्टा ‘डाउनभोट’ फिचर

लसएञ्जलस । फेसबुकले धेरैपटक भनिसकेको छ की उसले यो सोसल साइटमा कहिल्यैपनि डिसलाइक बटन ल्याउने छैन । डिसलाइक बटनका कारण अनलाइन दादागिरीलाई बढावा मिल्न सक्ने उसको ठम्याई छ ।

डिसलाइक बटनको आवश्यकता प्रयोगकर्ताहरुले गर्दै आएका छन् । अनि त्यसैलाई मध्यनजर गर्दै फेसबुकले यो सँग मिल्दोजुल्दो फिचर फेसबुकमा ल्याउँदैछ ।

समाचार अनुसार फेसबुकले अहिले एक नयाँ बटनको टेस्ट गरिरहेको छ जसको नाम हो Downvote । यो फिचरको अहिले अमेरिकामा परीक्षण गरिरहेको छ फेसबुकले । यसमा मानिसहरुले पब्लिक पेजका पोस्टमा गरिएका कमेन्टहरुका लागि डाउनभोट अप्सनको प्रयोग गरिरहेका छन् ।

टेक क्रन्चको रिपोर्ट अनुसार यो नयाँ फिचरले फेसबुकको पब्लिक पोष्टमा हुने यस्ता कमेन्टप्रति असहमति जनाउनेछ जो अनुचित, असभ्य र भ्रामक हुन्छन् ।

फेसबुकका प्रवक्ताले भनेका छन्, ‘हामीले डिसलाइक बटनको परीक्षण गरिरहेका छैनौँ । हामी प्रयोगकर्ताहरुका लागि एउटा यस्तो फिचरको परीक्षण गरिरहेका छौँ जसबाट उनीहरु पब्लिक पेजका पोस्टहरुमा आउने कमेन्टका विषयमा आफ्नो प्रतिक्रिया दिन सकून् ।

Downvote बटनका लागि कुनै नयाँ आइकन दिइएको छैन । हरेक कमेन्टको तल एक अप्सनको रुपमा यो देखिनेछ । जस्तो स्क्रिनसटमा देख्न सकिन्छ । जसै प्रयोगकर्ताहरु यस अप्सनमा क्लिक गर्दछन् फेसबुकले त्यसको कारण सोध्नेछ ।

कारणहरुमा Offensive, Misleading  तथा Off Topic को विकल्प हुनेछ । र, त्यसमध्ये एक विकल्प छान्न सकिनेछ । – एजेन्सी

Published : Sunday, 2018 February 11, 6:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया