सामसङको ए ८ मोडल बजारमा

काठमाडौं । सामसङ नेपालले ए ८ मोडलको फोन बजारमा ल्याएको छ । सार्वजनिक गरिएको फोनमा ६ जिबी र्याम, ६४ जिबी इन्टरनल मेमोरी तथा अतिरिक्त मेमोरी कार्डको प्रयोग गरी २५६ जिबीसम्म बढाउन सकिने क्षमता छ ।

६ इन्चको सुपर एमोलेड इनिफनिटी डिस्प्लेमा उपलब्ध फोनको अगाडि तथा पछाडि एग्रोनोमिक कर्भ ग्लास रहेको छ । १८ः५ः९ रेसियोको डिस्पेले गर्दा ग्राहकले पूरै स्क्रिनमा सिनेमा तथा गेमिङका लागि सहज हुने कम्पनीको भनाई छ ।

फोनमा अपेचर १.९ लेन्स भएका १६ तथा ८ मेगापिक्सलका दुई वटा सेल्फी क्यामरा रहेका छन् । यसले व्याकग्राउन्ड ब्लर गरी क्लोजअप फोटो खिच्न सकिन्छ ।

फोनलाई अनलक नै नगरी मोबाइलमा आएका जानकारीहरुको विवरण प्राप्त गर्न सकिन्छ । यो आइपी ६८ बाट प्रमाणित रहेको कम्पनीको दावी छ । यो धुलो तथा पानी प्रतिरोधी छ । सामसङको यो ए सिरिजमा पहिलो पटक गियर भिआर पनि प्रयोग गर्न सकिन्छ ।

यो कालो र सुनौलो गरी दुई रंगमा उपलब्ध छ । यसको प्रबर्धनात्मक मूल्य ५९ हजार ९९० रुपैयाँ तोकिएको छ ।

Published : Friday, 2018 February 2, 1:52 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया