विमला र पुनम पराजित, दुई कास्यमा सीमित

नयाँ दिल्ली । विमला श्रेष्ठ र पुनम रावल भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा पराजित भएकी छिन् । बुधबार भएको खेलमा विमला र पुनम भारतीय खेलाडीसँग पराजित हुँदै सेमिफाइनलमा रोकिएकी हुन् ।

दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा जारी प्रतियोगिता विमला र पुनम पराजित भएपनि नेपालले दुई कास्य पदक जितेको हो । दुवैले सेमिफाइनलमा स्थान बनाएसँगै नेपालले कास्य पदक पाएको हो । विमला र पुनमको खेल सकिएसँगै प्रतियोगितामा नेपालको स्पर्धा समेत सकिएको छ ।

वेन्टम ५४ केजीकी विमला भारतकी मनिषासँग अंकको आधारमा ५ – ० ले पराजित भईन् । यसअघि विमलाले ताजकिस्तानकी सामिएभा फार्डियालाई आरएससिको आधारमा पराजित गर्दै कास्य पक्का गरेकी थिइन् । विमलाको यो पहिलो अन्तर्राष्ट्रिय पदक समेत हो ।

यस्तै लाइट वेल्टर ६४ केजी तौल समूहमा पुनमले भारतकी बसुमाटरी प्विलाओसँग ५ – ० अंकको आधारमा पराजित भईन् । पुनमले ताजकिस्तानकी खोलोभा इडीमोखलाई अंकको आधारमा पराजित गर्दै कांस्य पदक पक्का गरेकी थिइन् । पुनमको पनि योपहिलो अन्तर्राष्ट्रिय पदक हो ।

२३ राष्ट्र सम्मलित प्रतियोगितामा नेपालबाट ६ महिला र ६ पुरुष खेलाडीले सहभागिता जनाएका थिए । पुरुषतर्फ दुई खेलाडीले क्वाटरफाइनल सम्मको यात्रा तय गर्दा चार खेलाडी भने पहिलो चरणबाट बाहिरिएका थिए । महिलातर्फ एक खेलाडी क्वाटरफाइनल र तीन खेलाडी पहिलो चरणबाट बाहिरिएका थिए ।

Published : Thursday, 2018 February 1, 7:02 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया