महँगो भनेर के गर्ने, माफी माग्यो एप्पलले

लसएञ्जलस । एप्पलले पुराना मोडलका आइफोन ‘स्लो’ हुन गएकोमा माफी मागेको छ । पुराना आइफोन मोडल प्रयोगकर्ताले फोन पहिलेको भन्दा स्लो भएको भन्दै गुनोसो गरेपछि कम्पनीले त्यसप्रति माफी मागेको हो ।

विगत केही समययता कम्पनीलाई पुराना मोडलका आइफोन प्रयोगकर्तालाई नयाँ किन्न बाध्य पार्ने नियतले फोन स्लो बनाएको आरोप लाग्दै आएको छ ।

एप्पलले भने केही मोडलमा ब्याट्रीको आयु टिकाउन सो कदम चालिएको भएता पनि नयाँ फोन किन्न बाध्य बनाउने उद्देश्यले त्यसो नगरिएको दाबी गरेको छ ।

यसका साथै कम्पनीले ब्याट्रीको वारेन्टी सकिसकेका आइफोन वा त्यसपछि आएका अन्य कुनै पनि सेट प्रयोगकर्ताका लागि २९ अमेरिकी डलरमै नयाँ ब्याट्री साट्न मिल्ने व्यवस्था गरिने बताएको छ । हाल आइफोनको नयाँ ब्याट्रीको मूल्य ७९ डलर पर्दै आएको छ ।

यसबाहेक प्रयोगकर्तालाई फोनको ब्याट्रीको अवस्थाका बारेमा जनाकारी दिन नयाँ सफ्टवेयर आगामी वर्ष ल्याइने प्रतिवद्धता उसले जनाएको छ ।

प्रयोगकर्ताको फोन जानाजान स्लो बनाएको भन्दै एप्पलका विरुद्धमा अमेरिका, इजरायल र फ्रान्समा मुद्धा परेको छ ।

सुरक्षाका कारण देखाउँदै कम्पनीले आफ्ना प्रमूख टम कुकलाई यात्रा गर्दा निजी विमानको प्रयोग गर्न सुचित गरेको छ । – एजेन्सी

Published : Monday, 2018 January 1, 7:18 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया