सावित्रालाई एकै खेलमा १२ गोलको कीर्तिमान

काठमाडौं । सावित्रा भण्डारीले एकै खेलमा १२ गोल गर्ने कीर्तिमान बनाएपछि १६औँ राष्ट्रिय महिला लिग फुटबलमा नेपाल एपीएफले मध्यपश्चिमाञ्चललाई २६-० को फराकिलो अन्तरले पराजित गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको समूह की को खेलको दुवै हाफमा सावित्राले ६-६ गोल गरिन् । खेलको तेस्रो मनेटमै गोलको खाता खोलेको सावित्राले १५औँ, १७औँ, २४औ, ३४औँ, ४०औँ, ४७औँ, ५२औँ, ५९औँ, ६०औँ, ७७औँ र ९०+१औँ मिनेटमा गोल गरिन् ।
एपीएफको फरिलो जितमा अनिता केसी र अन्जली योन्जनले ४-४ गोल गरिन् भने रेनुका पौडेल र अनिता बस्नेतले २-२ गोल गरिन् ।
यस्तै सोमबारै भएको समूह बी को पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीले पश्चिमाञ्चललाई १२-० ले पराजित गरेको छ ।
आर्मीको जिता दीपा राई एक्लै ५ गोल गरिन् भनेकप्तान कृष्णा खत्रीले ह्याट्रिक गरिन्। यस्तै इन्दिरा राईले २ तथा पुजा राना र शर्मिला थापाले समान १ गोल गरिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
यसमा तपाइको मत